Erani Mahal
तिनाउँको कचलमा व्यवसाय सचेतना सम्बन्धि एक हप्ते तालिम सुरु
t-c-2

पाल्प– तिनाउँ गाउँपालिका वडा नं. १ कचलमा व्यवसाय सचेतना लैंगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धि एक हप्ते तालिम दिइएको छ ।


गरीबि निवारणको लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । तालिम उद्घाटन गर्नुहुँदै तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले साना किसान र व्यवसायको विकास विना गाउँको विकास सम्भव नभएकोले तालिममा सिकेका सीप व्यवहारमा लागुगर्नुपर्ने बताउनुभयो ।


३५ जना सहभागि रहेको तालिममा लघु उद्योगको अवधारणा, विकास, स्थानीय स्रोत साधनको परिचालनको विषयमा प्रशिक्षण दिइनेछ । उनीहरुलाई कुनै एउटा सीप छनौट गरी सीप अनुसारको तीनमहिना पछि उद्यमी समेत बनाइने सहजकर्ता जानकी गाहाले बताउनुभयो ।


स्थानीय कर्णबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख घर्तीले सीप अनुसारको व्यवसाय गर्न चाहनेलाई गाउँपालिकाले अनुदानमा सामग्री तथा औजार समेत सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update