Erani Mahal
गोरखनाथ माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न
83997139_114719836645254_8993776305119952896_n

पाल्पा - गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पाको ५८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्षता चलेको कार्यक्रमको प्रमुख अतिथि निस्दी गाउँपालिका पाल्पाका उपाध्यक्ष रीता कुमारी अर्याल रहनुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले विद्यार्थीहरुको भविष्य विद्यालय तहबाटै शुरु हुने बताउदौ शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो । यसैगरी जिल्ला शिक्षा इकाई समन्वय पाल्पाका प्रमुख रमेशराज पौडेलले बालबालिकाको लागि शिक्षक मार्गदर्शक रहेको भन्दै प्रविधिक र व्यबहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इश्वरी अर्यालले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कुल ८८ लाख बराबरको आर्थिक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष मेख बहादुर सुनारी,कमला आधारभूत विद्यालय रनगुवाका प्रधानाध्यापक हेम बहादुर बयम्बु लगायतकाले विद्यालयको प्रगतिको कामना गर्दै आ-आफ्ना भनाइहरु राख्नुभएको थियो कार्यक्रम शैक्षिक तथा विभिन्न खेलकुदमा राम्रो गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी विभिन्न समयमा स्थापना गरिएको अक्षयकोषबाट गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

विद्यालयका शिक्षक निलकन्ठ न्यौपानेको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको सन्चालन लाल बहादुर बयम्बुले गर्नुभएको हो ।जम्मा ३७८ जना विद्यार्थीहरु अध्ययन रहेको विद्यालय वडा नम्बर-६,अर्चलेको एक मात्र माध्यमिक विद्यालय हो ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update