Erani Mahal
तिनाउ सुकेतालमा रहेको कालिका आधारभूत विद्यालयको वार्षिक उत्सव
s-3

पाल्पा– कालिका आधारभूत विद्यालय तिनाउँ २ सुकेतालको वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरको प्रमुखआतिथ्यतामा भएको थियो । प्रमुख अतिथि घर्तीले आधारभूत तहबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै माध्यमिक तहमा प्राविधिक र व्यवसायिक क्षेत्रतर्फका विद्यार्थी उत्पादनमा शिक्षले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले प्राविधिक र सीपमुलक शिक्षाको माध्यमबाट आयआर्जन सँगै देशको विकास र समृद्धि स्थापनामा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले विद्यालयको भौतिक र शैक्षिक विकासमा वडाले सहयोग गरिरहेको बताउनुभयो ।

वडा सदस्य बलबहादुर सारु, शिक्षक अभिभावक संघका अध्यक्ष टोपबहादुर विक, दोभान माविका प्र.अ. सूर्य प्रसाद भट्टराई, स्थानीय बुद्धिजीवि तुलबहादुर सारु, जीतबहादुर सोमै लगायतले मन्तव्य राख्नुभएको थियो ।


विद्यालयका प्रअ पर्शुराम लम्सालले ५५ लाख ५७ हजार बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । शिशिक सुनेव थापाको स्वागत, धनिसरा गाहाको संचालन र विव्यस अध्यक्ष पदम गाहाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


१४२ जना विद्यार्थी रहेको विद्यालयमा ११ कोठे भवन, शौचालय, ९ जना शिक्षक कर्मचारी, कम्प्यूटर ल्याव लगायतको सुविधा रहेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update