Erani Mahal
तानसेनमा बुद्धिचाल प्रतियोगिता
3

दयाराज न्यौपाने पाल्पा – पाल्पामा प्रथम तानसेन नगर बिद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता तानसेनमा सम्पन्न भएको छ ।


जिल्ला बुद्धिचाल संघ पाल्पाको आयोजना, तानसेन नगर युवा परिषदको सहयोगमा र प्याव्सन पाल्पाको ब्यवस्थापनमा संचालित बुद्धिचाल प्रतियोगितामा न्यू होराईजन इङ्लिश बोडिङ स्कुलका सुदिप भट्टराई प्रथम बिज्जु बोडिङ स्कुलका मिलन सिंजाली दोश्रो देववाणीवसस्कृत तथा साधारण माध्यामिक बिधालयका गोबिन्द सुनार तेश्रो र होराईजन इङ्लिश बोडिङ स्कुलका कृतज्ञाश्रेष्ठ सान्त्वना हुनुभएको हो ।


बिजेतालाई पुरस्कार बितरण समारोहमा बृन्दावन एकाडमीका कोशिस भण्डारी , रेफ्री बिनिता कपाली पत्रकार दयाराज न्यौपाने ,होराईजन इङ्लिश बोडिङ स्कुलका शिक्षक पसुपती बश्याल , पाल्पा आवासीय मा.बिका शिक्षक क्षितिज नेपाल लगाएतले खेलको बिकास कर्मस हुदै गरेको बताउदै बौद्धिक खेलको अभ्यासले राम्रो खेलाडी उत्पादन सगैखेलाडीको बिकासमा निरन्तरत सहयोग आवस्यक रहेको बताउनु भएको थियो


बुद्धिचाल संघका जिल्ला अध्यक्ष करुणा काफ्लेले आगामी दिनमा नगर सहित जिल्ला स्तरीय प्रतियोगिता गर्दै जाने बताउदै खेल बौद्धिकता र स्फुर्तीको मेल हुनेमा बिश्वास व्यक्त गर्नु भएको थियो । प्रतियोगितामा तानसेन नगरपालिका भित्रका ८ वटा माध्यमिक बिधालयको सहभागिता रहेको बुद्धिचाल संघका जिल्ला सचिब डोलराज अर्यालले जानकारी दिनु भयो । खेल १७ र १८ गते तानसेनमा संचालन भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update