Erani Mahal
श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ
Damkada-School-4

पाल्पा - दमकडा नमूना माध्यमिक विद्यालय तानसेन-९, दमकडा पाल्पाले श्रीपञ्चमीको अवसरमाअक्षरारम्भ कार्यक्रम गरेको छ । विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआरधनागर्दै नयाँबालबालिकालाई विद्यालयले अक्षरारम्भ गराएको हो ।

तीन वर्ष पुगनपुग उमेरका बालबालिकालाई कापी, पाटी र ल्यावटवमा लेख्न सिकाएर अक्षरारम्भ गराइएको विद्यालयका प्राथमिक तह संयोजक जीवन आचार्यले बताउनुभयो । पञ्चमीका दिन विद्यालय आउन सुरु गरेका साना बालबालिकालाई अक्षरारम्भ गराउने प्रचलन रहेको छ ।

लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रही आएको छ । दमकडा माध्यमिक विद्यालयले मन्टेश्वरी कक्षामा भर्ना हुन आएका करिव २५ जना बालबालिकालाई ठूलो वर्णमाला, कापी, कलम, झोला र टिफिन बक्स प्रदान गरेको छ ।

समारोहका प्रमुख अतिथि शिक्षाविद् राधाकृष्ण शर्माले श्रीपञ्चमीका दिन सरस्वती पूजा गराएर नयाँ कुरा सिक्ने वातावरण प्रदान गरेर विद्यालयले सबै अभिभावकको प्रशंसा पाएको बताउनुभयो । शिक्षा, संस्कार र संस्कृतिहरेक नागरिकले सिक्नै पर्नै कुरा हुन्, यस्ता कुरा घर र विद्यालयबाट सिकाउनुपर्ने उहाँको जोड छ ।

पूर्व प्रधानाध्यापक समेत रहनुभएका शर्माले भन्नुभयो, ‘कक्षा सुरुवातकै दिन नयाँ प्रविधिसँग परिचित हुन पाउनु र विद्यार्थीको प्रवेशलाई विद्यालयले उत्सव मनाउने प्रचलनले खुशी तुल्याएको छ ।’ कार्यक्रममा अभिभावक भगवती पराजुलीले सामुदायिक विद्यालयले सरस्वती पूजाको दिन यस्तो राम्रो कार्यक्रम गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले विद्यालयको ६३ वर्षको इतिहासलाई अझ चम्किलो बनाउन अक्षरारम्भ कार्यक्रम सुरु गरिएको बताउनुभयो । आधारभूत तहबाटै सिकाई उपलब्धी बढाउन यो वर्षदेखि मन्टेश्वरी विधीबाट पठनपाठन सुरु गरिएको र गुणस्तरीय शिक्षाप्रदान गरेर सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बढाउने प्रधानाध्यापक सापकोटाले बताउनुभयो ।

स्मरण रहोस्, दमकडाले मन्टेश्वरी कक्षाका लागि मन्टेश्वरी शिक्षकको व्यवस्था गरेको छ । यहाँ दृष्टिविहीन बालबालिकाले ब्रेल लिपीमा पठनपाठन गर्नुका साथै विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ विषयका कक्षा समेत सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update