Erani Mahal
विद्यालयमा ल्याव र शिक्षक माग्दै विद्यार्थी शिक्षा कार्यालय र नगरपालिकामा !
12-1

पाल्पा – नेपालमा राज्यका शिक्षामा लगानी अरवौंको त्यसै खेर गइरहेका बेलामा पाल्पाको एक विद्यालयका विद्यार्थीहरु भने शिक्षक र विज्ञान प्रयोगशालाको माग गर्दे शिक्षा कार्यालय र नगरपालिकामा धर्ना दिन पुगेका छन् ।


तानसेन १ भुसलडाँडामा रहेको भुषालडाँडा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले तानसेन नगरपालिका र शिक्षा बिकास तथा समन्वय इकाइ, पाल्पामा आफ्नो भौतिक र शैक्षिक गुणस्तर सुधार गर्न भन्दै धर्ना दिएका हुन् ।


कक्षा ८, ९ र १० का बिद्यार्थीहरुले तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही र शिक्षा बिकास तथा समन्वय इकाइ, पाल्पाका प्रमुख रमेशराज पौडेल र तानसेन नगरपालिकाका प्रमुख अशोकुमार शाहीलाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।


बन्दहुन लागेको विद्यालय समुदायको सक्रियतामा कक्षा १० सम्म संचालन र प्रर्याप्त विद्यार्थी संख्या हुदा समेत दरबन्दी र बिज्ञान प्रयोगशाला नहँुदा शैक्षिक गुणस्तरमा प्रभाव परेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।


बिषयगत शिक्षक र प्रयोगात्मक अभ्यास गरी सिक्ने कार्यमा समस्या भएको भन्दै बिद्यार्थीहरुले आफूहरुको भबिश्य निर्माणमा सहयोग गर्न समेत आग्रह गरेका छन् । विद्यार्थीको ज्ञापन पत्र बुझ्दै शिक्षा बिकास तथा समन्वय इकाइ, पाल्पाका प्रमुख पौडेलले समन्वय इकाईमा दरबन्दी दिन मिल्ने अधिकार नभएकोले नगरपालिका संगको समन्वयमा समस्या समाधान गर्ने बताउनुभयो । उहाँले संघीय संरचना अनुसार शिक्षाको अधिकार समेत स्थानीय तहमा गएाले स्थानीय सरकारलाई भनेर समस्या समाधान गर्न आफूले सहयोग गर्ने बताउनुभयो ।


ज्ञापन पत्र बुझाउन तानसेन नगरपालिका पुगेका बिद्यार्थीहरुले नगरप्रमुखको कार्यकक्ष बाहिर बसेर धर्ना समेत दिएका थिए । बिद्यार्थीको ज्ञापन पत्र बुझ्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले भुसालडाँडा माध्यमिक विद्यालयको यस अघिको माग र बढ्दो विद्यार्थीको चापका आधारमा दुई कोठे भवन निर्माणका लागि १६ लाख बजेट दिएकाले यही आर्थिक बर्षमै बिज्ञान प्रयोगशाला पनि थप्न नसकिने प्रतिकृया दिनुभयो ।


तर बिद्यालय ब्यवस्थापन समितिको बैठकबाट बिद्यालय भवन नचाहिने अनि बिज्ञान प्रयोगशाला चाहिने निर्णय भएर आए आफूहरु प्रयोगशाला दिन तयार रहेको प्रमुख शाहीले जानकारी दिनुभयो ।
नगरप्रमुख शाहीले यस अघिनै बिद्यालय ब्यवस्थापन समितिलाई यही आग्रह गरेपनि ब्यवस्थापन समितिको बैठक बसेर निर्णय लिएर आउनु साटो केही शिक्षकले बिद्यार्थी उचालेर धर्नामा ल्याएकोमा विद्यालय प्रशासनप्रति रोष व्यक्त गर्नुभयो ।


भुसालडाँडा माध्यमिक बिद्यालयका १९ शिक्षक मध्ये आधारभुतमा एक अनुदान, प्राबिमा चार स्थायी र बाँकी स्थानीय स्रोतका शिक्षक रहेका छन् । विद्यार्थी संख्या न्यून भएर मर्ज हुन लागेको विद्यालयमा अहिले ४ सय १७ बिद्यार्थी संख्या रहेको छ सामुदायिक विद्यालयमा भुसालडाँडा मा.बि.ले पछिल्लो समयमा राम्रो नतिजा प्राप्त गरेको छ ।


विद्यालयको समस्याको सम्बन्धमा विगत १०।१२ वर्षदेखि सम्बन्धित स्थानमा माग गरिएको भएता पनि सुनुवाई नभएकाले बाध्य भएर विद्यार्थीले आन्दोलन गरेको विद्यालयका सहयाक प्रअ सुन्दर श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update