Erani Mahal
माघे संक्रान्तिको अवसरमा राम्दीमा रमाइलो मेला
fa

गोपिकृष्ण बस्याल पाल्पा– नेपालीहरुको पर्व माघे संक्रान्तिको अवसरमा बगनासकाली गाउँपालिकाको राम्दीमा रमाइलो मेला कार्यक्रम भएको छ ।


बगनासकाली गाउँपालिकाको चाहना लोकसंस्कृतिको जर्गेना भन्ने नाराको साथमा भएको कार्यक्रम जिल्ला समन्वय समितिका निमित्त प्रमुख मिरा मरासनीको प्रमुख आतिथ्यतामा भयो । प्रमुख अतिथि मरासनीले पर्यटकीय दृष्टिकोणले उपयुक्त पाल्पामा होमस्टे व्यवसायसँगै यहाँका ऐतिहासिक धार्मिक स्थलहरुको प्रर्वद्धन गरेमा २०२० को पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने बताउनुभयो ।


गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउँपालिकाले पर्यटन प्रर्वद्धन र आयमुलक कार्यमा सदैव योजना बनाएर काम थालनी गरेको बताउनुभयो । प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले मेलाले गाउँपालिकाको विकासमा सहयोग पुग्ने बताउनुभयो ।


कार्यक्रममा बगनासकाली गाउँपालिकाक उपाध्यक्ष सरस्वती चिदी, प्रवक्ता तथा ६ नं. वडा अध्यक्ष लक्ष्मी अधिकारी, ५ नं. वडा अध्यक्ष इश्वर कुमार राना, सामुदायिक सेवा केन्द्र राम्दीका अध्यक्ष नन्द किशोर अमात्य, सुनगुफा युवा क्लवका अध्यक्ष शिवहरी अमाात्य लगायतले आफ्नो धारणा राख्नुभयो ।


कार्यक्रममा लोकगायकहरु पुरुषोत्तम गैरे, सपना गाहा, सुमन गैरे, रेखा विष्ट, शिव भट्टराई, एसपि गैरे, ममता कोइराला, गणेश न्यौपाने सीता केसी लगायतले सांस्कृतिक प्रस्तुति समेत दिनुभएको थियो ।


गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक प्रकाश न्यौपाने र गायक सुमन गैरेले गर्नुभएको थियो ।


कार्यक्रममा सहयोग गर्ने विभिन्न महानुभावलाई सम्मान तथा प्रशंसा पत्र समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update