Erani Mahal
रामपुर नगरपालिकाको छैठौ नगर सभा : स्थानीय सरकार सबै पक्षकाे
82098349_2216258875140795_4085826736854401024_n

पाल्पा - रामपुर नगरपालिकाको छैठौं नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख रमण बहादुर थापाले आम नागरिकको मतले निर्वाचित भएर नगरको पूर्ण टिम बनेकाले स्थानीय तहमा कोही पनि पक्ष र प्रतिपक्ष नहुने बताउनुभयो ।

जनताको अमुल्य मत पाएर नै नगरपालिकाका विभिन्न तहमा विभिन्न दलले जितेको भन्दै नगरपालिकामा आउदा एक परिवार भएकोले कोही पक्ष, बिपक्ष भने नभएको बताउनुभएको हो । "चुनाब अघि पार्टीमा थियौ होला, पार्टीको सिद्धान्तले विकास रोक्न हुन्न मिलेर जाउ," विकासप्रेमी स्व.शान्त बहादुर श्रेष्ठलाई सम्झदै थापाले भन्नुभयो- उहाँ र हाम्रो यही अभियानले गर्दा विकासका पाइला लम्किएका थिए,अब झन रफ्तारमा जानुपर्छ। "

शनिवार भएको नगरसभामा बोल्दै नगरप्रमुख थापाले स्थानिय निर्वाचन अघि नै खरका छाना मुक्त नगर बनाउने संकल्प गौरवको कार्यक्रम भएको बताउनुभयो । यो अभियान घोषणापत्रमा नै समेटेर देशमा नै पहिलो पालिकाको रुपमा कार्यक्रम लागु गर्यौ थापाले भन्नुभयो-पहिलो नगरपरिषद्बाट ५० लाख छुट्याएर कार्यक्रम बढाएका हौ । उहाँले ५ बर्षभित्र नगरलाई खरको छानामुक्त बनाउने अभियानलाई सार्थक पार्दै लगेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘यो नीति टट्कारो भएर नै अहिले प्रदेश र केन्द्र सरकारले अवलम्बन गरेको छ । जिल्लामा नै ठूलो उच्च प्रविधिको हाइटेक टनेल सन्चालन, पर्यटकीय १०० गन्तव्यमा तालपोखरा क्षेत्र नमुना काम भएको बताउनुभयो । पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै पर्यटकीय नगरी पोखरामा रामपुरको भिडियो क्लिप प्रदर्शन र अन्य पर्यटकीय अभियानलाई बर्षैभर जोड्दै जाने बताउनुभयो ।

ढल रहित शहरको रुपमा विकास गर्न नगरपालिका लागि परेको उहाँको भनाई छ । राष्ट्रपति, प्रधानमन्त्री कार्यक्रम मेयर कप प्रतियोगिता जस्तै" जनताको अपेक्षा मेयरको शुभेच्छा " कार्यक्रम अरुका लागि पनि सन्देश मुलक बनेको उहाको ठम्याइ छ ।

निर्वाचित भए पश्चात रामपुर नगरपालिकाले प्राप्त गरेका महत्वपूर्ण उपलब्धीको बारेमा जानकारी दिदै थापाले नगरपालिका पूर्वाधार विकाससंगै कृषि, उद्योग, प्राविधिक शिक्षा, स्वास्थ्य क्षेत्रको उत्थानमा दत्तचित्त भएर लागिरहेको र सबैले आफ्नै नगरको विकास ठानेर आ आफ्नो ठाउबाट लाग्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा रामपुर नगरपालिकाका वडा न.६ का अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानले नगरको बिभिन्न नीतिहरु बन्ने क्रममा रहेको बताउनुभयो। नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकता दिएको छ न्यौपानेले भन्नुभयो- निर्वाचनका समयमा गरेका बाचा पूरा गर्न जनप्रतिनिधहरु छलफल गर्दै अघि बढ्नुपर्ने औल्याउँनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका १० का वडा अध्यक्ष लिला बहादुर गाहाले नीति तथा कार्यक्रम घोषणा भए अनुसार अघि बढ्न नसकेको गुनासो गर्नुभयो । विभिन्न समितिले सोचे अनुसार काम गर्न नसकेको भन्दै सबैले मेरो हो भन्ने भावना जगाउने गरि अघि बढ्नुपर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त गरेको उपलब्धीको बारेमा जानकारी गराउनुभयो। उहाले गतबर्षको कुल राजस्वको तुलनामा अहिले ६ महिनामा नै त्यो लक्ष्य उन्मुख रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाको कला, सस्कृती, चिनारी तथा वस्तुस्थिति समेटिएको श्रव्य-दृश्य सामग्री पनि सार्वजनिक गरिएको थियो।

रामपुर नगरपालिकाका नगरप्रमुख तथा नगर सभाका सभापति रमण बहादुर थापाको अध्यक्षता तथा उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको स्वागतबाट शुरु भएको कार्यक्रमको सन्चालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सदस्य सचिव बाबुराम अर्यालले गर्नुभएको हो। नगरपालिकाको हिउँदे अधिवेशन आगामी माघ २२ गते सकिने छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update