Erani Mahal
स्ववियु उद्धबुद्ध कलेजद्वारा आयोजित चार दिने कार्यक्रम सम्पन्न
81363118_2440940416156813_7970294824072904704_n

पाल्पा - उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको चार दिने कार्यक्रम सम्पन्न भएकाे छ । पुस १५ गते देखी १९ गते सम्म संचालन भएकाे कार्यक्रम शनिबार समापन भएकाे छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष-२०२० लाइ लक्षित गरेर विद्यार्थी युनियनले तेस्रो शैक्षिक, खेलकुद तथा सांस्कृतिक महोत्सब गरेर समापन गरिएकाे हाे । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश -५ का साम्सद नारायण प्रसाद आचार्यले भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्र पर्यटन केन्द्रित कार्यक्रम लिएर क्रियाशिल हुनुपर्ने बताउनुभयाे ।

उहाँले पूर्वखाेलाका पर्यटकीय स्थलहरूकाे प्रचारप्रसारमा सबैले ध्यान दिनुपर्ने भन्दै स्थानीय सरकार अझ विशेष रूपमा लाग्नुपर्ने बताउनुभयाे । गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले नेपाल भ्रमण वर्षको अवसरमा सबैले आफ्नो क्षेत्रबाट पर्यटक भित्र्याउन लाग्नुपर्ने बताउनुभयाे । स्ववियुले राखेका कार्यक्रमले विद्यार्थीमा शारीरिक र मानसिक विकास गर्न सहयाेग पुग्ने बताउनुभयाे ।

कार्यक्रम पूर्वखोला गाउँपालिका वडा न ३ वडा अध्यक्ष निलकण्ठ भट्टराइ, बरिष्ठ इन्जिनियर मिनप्रसाद ढकाल, उद्बुद्ध कलेज प्रमुख शुशिल न्यौपाने, साहित्यकार तथा लेखक निलकण्ठ न्याैपाने लगायतले कार्यक्रम सफल भएको बताउनुभयाे । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक मेक सारु, यनप्रसाद न्यौपाने, पाल्पा लाेक आईडल २०७५ धनमाया दिसुवा मगर, सुमित घिमिरेकाे बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रम स्थानीय प्रतिभाहरु लोकगित तथा नाच प्रस्तुती समेत भएको थियो । समापन कार्यक्रम स्वबियु सद्स्य पूस्पा पंगेनीको स्वागत स्ववियु सद्स्य दुर्गा कँवरको संचालन तथा स्ववियु सभापति नविन आचार्यको अध्यक्षतामा चलेको थियो ।

यसैबीच हाजिर जवाफ प्रतियोगिता र चित्रकला प्रतियोगी शैक्षिक कार्यक्रम तर्फ भएको विद्यालय स्तरीय हजिरी जवाफ प्रतियोगितामा सरस्वती मा.बि जल्पा प्रथम, गणपति मावि बिरकोट द्धितीय र जनप्रिय मावि हेक्लाङ तृतिय स्थान हासिल गर्न सफल भएका छन् । चित्रकला तर्फ रम्भा मावि ताहु प्रथम, जनमार्ग मावि सिलुवा द्धितीय र उद्धबुद्ध मावि रिङ्नेरह तृतीय र क्रीकेट प्रथम र द्धितीय, वालिङ बि र वालिङ ए क्रमस प्रथम द्धितीय हुनेलाइ नगत तथा शैक्षिक सामाग्री समेत प्रदान गरिएकाे थियाे ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update