Erani Mahal
स्ववियुद्वारा आयाेजित विविध कार्यक्रम संचालन हुँदै
81040946_1368685016637845_8991561523629391872_n

पाल्पा - उद्धबुद्ध कलेज, स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको तेस्रो शैक्षिक तथा खेलकुद तथा सांस्कृतिक महोत्सवको तेस्रो दिन खुल्ला क्रीकेट खेल सम्मन्न भएको छ । पहिलो खेलमा पूर्वखोला 'ए' ले बिरकाेटलाइ ८ विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

वालिङ 'बि'ले रामपुरलाइ २ विकेटले हराइ सेमिफाइनलमा प्रबेश गरेको थियो । त्यस्तै पूर्वखोला 'ए' र वालिङ 'बि' बिना खेल सेमिफाइनलमा थियो सेमिफाइनलमा पूर्वखोला 'ए' लाइ वालिङ 'बि' ले २ विकेटले हराउदै फाइनल प्रबेश गरेको थियो भने पूर्वखोला 'बि' लाइ वालिङ 'ए' ले ४० रनले हराउदै फाइनल प्रबेश गरेको थियो ।

७ टिम सभागी खेलहरु १० ओभरको खेल भएको थियो भने फाइनल खेल सुपर ओभरमा भएको थियो बालिङ 'ए' ले पूरै छ बल खर्चेर ३ रन को झिनो लक्ष्य वालिङ 'बि' ले १ बलमा चौका हानी पूरा गर्यो र वालिङ बि ले प्रथम स्थान हसिल गर्दा वालिङ ए ले दोस्रो स्थानमा रह्यो स्वबियुले १९ गते भव्य कार्यक्रम गरेर पूरस्कार बितरण गर्ने आयोजकले जनाएको छ ।

१९ गते कलाकारहरुमा रास्टिय लोक दोहोरी गाएका श्री देवि देवकाेटा , रास्ट्रीय लोक दोहोरी गायक मेक सारु मगर, रास्ट्रीय लोक दोहोरी गाइका तथा मोडल मुना थापा मगर , यन प्रसाद न्यौपाने , महेन्द्र ढकाल पाल्पा लाेक आईडल २०७५ धनमाया दिसुवा मगर, हास्य कलाकार नारायण बस्याल साथै सुमित घिमिरेकाे प्रस्तुति सहित समापन गर्ने स्ववियु सभापति नविन आचार्यले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update