Erani Mahal
मुक्तिनाथ कृषि बहुउद्धेश्यीय सहकारी संस्थाको साधारणसभा
20191228_130430

पाल्पा - तानसेन स्थित मुक्तिनाथ कृषि बहुउद्धेश्यीय सहकारी संस्था, पाल्पाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा भएको साधारण सभाको उद्घाटन गर्दे तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले तानसेनका सहकारीहरु एकठाँउमा उभिनुपर्नेमा जोड दिनुभयो ।

एउटै उद्धेश्यले अघि बढेका सहकारीहरु एकता गरेर अघि बढे सबैको भलो हुने समेत उहाँको भनाई थियो । जिल्लाका सहकारीहरुलाई पर्यटन क्षेत्रको बिकासमा समेत अघि बढ्न आग्रह गर्दे नगरप्रमुख शाहीले पैसा उठाउने र ऋण दिने काममा मात्रै भन्दा पनि अन्य नयाँ काममा लाग्न समेत सबै सहकारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजुमहर्जनले तानसेनमा रहेका शहकारीको सहयोगले ब्यापारी ब्यवशायीहरुलाई धेरै फाईदा पुगेको बताउनुभयो । बैङ्कहरुमा ऋण लिन धेरै समस्या हुने तर सहकारीमा सेवा लिन धेरै झन्झट नहुने भएकाले पनि सहकारीमा आकर्षण बढेको उहाँको भनाई थियो ।

लक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष हरी रायमाझीले मालपोत कार्यालयमा कर्मचारीको अभाब हुँदा ऋण दिन सहकारीहरुलाई समस्या परेको गुनासो गर्नुभयो । मुक्तिनाथ सहकारीका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सल्लाहकार रामप्रसाद श्रेष्ठले सबै शेयर सदस्यहरुले पनि आफ्नो सहकारीका बारेमा चासो राख्दै संचालक तथा कर्मचारीहरुलाई बेला बेलामा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

तानसेन नगरका वडा सदस्य शशी श्रेष्ठले सहकारी आन्दोलनमा महिलाहरुको उल्लेखनीय योगदान रहेपनि सहकारीमा समेत महिलाहरु पछि परेको गुनासो गर्नुभयो । पत्रकार भोजराज भटराई, सहकारीका शेयर सदस्य चित्रवलीराम सुवाल शुभकामना दिनुभयाे ।

सहकारीले आफ्नो वार्षिक साधारण सभाको अवसरमा सहकारीमा आबद्ध जेष्ठ नागरिकहरु मंगोल प्रसाद मलेगो र धर्मरत्न बज्राचार्यलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अध्यक्ष मोहन श्रेष्ठले बार्षिक प्रतिबेदन, सचिव शंकर भण्डारी र कोषाध्यक्ष बिनोद पन्थीले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो ।

कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै सहकारीका उपाध्यक्ष देब पचभैयाले समग्र जिल्ला समेट्ने गरी अनुमति प्राप्त मुक्तिनाथ सहकारीले आफ्नो उद्धेश्य अनुसार काम गरिरहेको जानकारी दिनुभयो । कृषि क्षेत्रलाई मुख्य आधार बनाएर सहकारीले आफ्ना योजना र कामकारवाही अघि बढाएको उपाध्यक्ष पचभैयाको भनाई थियो । कार्यक्रम अध्यक्ष श्रेष्ठको सभापतित्व र सचिव भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update