Erani Mahal
उद्बबुद्ध कलेजकाे स्ववियुद्वारा नव आगन्तुक विद्यार्थीलाइ स्वागत
74537139_526196214901683_2992693573599625216_n

पाल्पा/ उद्दबुद्ध कलेज स्वतन्त्र बिध्यार्थी युनियन ले स्नातक तह प्रथम बर्षमा भर्ना हुन आउने बिध्यार्थीहरुलाइ स्वागत गरेको छ । स्वागत कार्यक्रमका प्रमुख अथिती वडा न ३ का वडा अध्यक्ष निलकन्ठ भट्ट्राइले यस कलेजले स्थानीय तहमा रहेर पनि स्नातक सम्मको पढाइ गर्न सहज बनायको वताउनु भयो । उहाँले कलेजको भौतिक काम लगभग सकियो र कलेजको शैक्षिक गुरस्तर बृद्धी तर्फ जोड दिन पर्ने वताउदै नब आगन्तुक विध्यार्थी लाइ लगनशिल भयर अध्यन गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा उद्बुद्ध कलेज प्रमुख शुशिल न्यौपाने बिध्यार्थी हरुलाइ लगनशिल भएर अध्यन गर्न आग्रह गर्दै नियमित रुपले कलेज उपस्थित हुन पनि आग्रह गर्नु भएको थियो । कार्यक्रममा पूर्व प्रध्यापक तथा शिक्षा बिद निलकण्ठ न्यौपाने उद्बुद्ध माबिका प्रध्यापक लोकहरी देवकोटा लगायतले नव आगन्तुक बिध्यार्थीलाइ शुभकामना व्यत्त गर्नु भएको थियो ।


कार्यक्रममा स्वबियु अध्यक्ष नबिन आचार्यको को अध्यक्षतामा ॐमप्रकास पान्डेको स्वागत र स्वबियु सद्स्य दुर्गा कँवरको संचालनमा भयको थियो ।
स्वबियु ले नव आगन्तुक बिध्यार्थी हरुलाइ यहि १५ गते देखी १९ गते सम्म संचालन गर्ने शैक्षिक , खेलकुद तथा साँस्कृतिक महोत्सवमा सह्योग गर्न समेत आग्रह गरेको थियो । उध्दवुध्द कलेज स्वतन्त्र विध्यार्थी युनियनको आयोजनामा तेस्रो शैक्षिक , खेलकुद तथा साँस्कृतिक महोत्सव हुदै छ ।

यही पौष १५ गते देखि हुने कार्यक्रममा १५ गते मंगलबार जिल्ला स्तरीय हाजिरजवाफ तथा चित्रकला प्रतियोगिता, १६ देखि १८ सम्म खुल्ला कृकेट प्रतियोगिता ९खेलाडी ९ जना ० साथै खुल्ला व्याडमिन्टन प्रतियोगिता ९ डवल० हुने भएको छ पुस १९ गते शनिवार सास्कृतिक कार्यक्रम अन्तरगत खुला एकल गायन प्रतियोगिता , खुल्ला एकल नृत्य प्रतियोगिता साथमा रास्ट्रीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले वताएको छ ।

कलाकारहरुमा रास्टिय लोक दोहोरी गाएका श्रीस देवकोटा , रास्ट्रीय लोक दोहोरी गायक मेक सारु मगर, रास्ट्रीय लोक दोहोरी गाइका तथा मोडल मुना थापा मगर , यन प्रसाद न्यौपाने , महेन्द्र ढकाल पाल्पा लोक आईडल २०७५ धनमाया दिसुवा मगर , हास्य कलाकार नारायण बस्याल साथै सुमित घिमिरेको प्रस्तुति रहने आयोजक पूर्वखोला स्ववियु सभापती नबिन आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update