Erani Mahal
सहकारीकाे क्षमता मापन तथा विश्लेषण तालिम सम्पन्न
80600394_712348402624623_963514151227883520_n

पाल्पा - पाल्पाकाे निस्दी गाउँपालिकामा तीन दिने सहकारीकाे क्षमता मापन तथा विश्लेषण तालिम सम्पन्न भएकाे छ । श्री स्वावलम्बन सामाजिक उद्दमी महिला सहकारी संस्था लि. निस्दीकाे समन्वयमा तालिम भएकाे हाे । तालिममा हेफर इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधिक सहयोग, ग्रामीण आर्थिक विकाश संघ ( रेडा) पाल्पाको आयोजनामा भएकाे हाे ।

शुक्रबारबाट बाट शुरु भएको उक्त तालिमको उदघाटन निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले गर्नुभएकाे थियाे । प्रमुख अतिथि समेत रहनुभएका सारूले तालिम लिएर व्यवहारमा उतार्न र सहकारीलाइ उत्कृष्ट बनाउन भन्नुभयाे ।

सहकारीकी अध्यक्ष तिर्सना खनगाहाको अध्यक्षता, सहकारीकी व्यवस्थापक झममाया सुनारीको स्वागत मन्तब्य र सचिव भक्तिमाया सुनारीकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे । तीन दिनसम्म चलेको उक्त तालिममा सहकारीले अपनाउनुपर्ने शुशासन, हालको अवस्था, सहकारीको वित्तीय व्यवस्थापन, संस्थागत विकास, व्यवसाय विकास र सामाजिक पूँजीको बारेमा सहभागितामुलक ढङ्गले तालिम दिइएकाे थियाे । तालिममा ३० जना सहकारीका सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।

तालिम रेडा पाल्पाको कर्मचारी निरन्जन पङेनीले सहजीकरण गर्नुभएको थियो। साथै सहकारीले क्षमता वृद्धिका लागि कार्ययोजना पनि निर्माण गरेको छ। तालिमले सहकारीको हालको अवस्था विश्लेषण गर्दै आगामी दिनलाइ अगाडि बढ्नका लागि मार्गदर्शन गरेको सहकारीकी अध्यक्ष तिर्सना खनगाहाले बताउनुभयो।

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update