Erani Mahal
रैनादेवी छहरा गाउँपालिकाद्वारा 'स्वर्ण पदक' बिजेता कार्कीलाई सम्मान
tttt

पाल्पा – रैनादेवी छहरा गाउँपालिकाले १३ औं सागमा स्वर्ण पदक बिजेता सरू कार्कीलाइ सम्मान गरेकाे छ । रैनादेवीछहरा गाउँपालिका-७, बल्ढेङगढी चिदीपानीकी सरु कार्कीको टिमले नेपाललाई स्वर्ण पदक दिलाएको थियाे ।


गाउँपालिकाले बिहीबार एक कार्यक्रम गरेर स्वर्ण पदक बिजेता कार्कीलाइ सम्मान गरेकाे हाे । कार्यक्रममा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सरूले स्वर्ण पदक जितेर गाउँठाउँ र गाउँपालिकाकै नाम उचाे राखेकाे बताउनुभयाे । उहाँले रैनादेवी छहरा गाउँपालिका खेल र खेलाडीकाे विकासमा सदैव लाग्ने प्रतिबद्धता जनाउनुभयाे ।

तस्विर स्राेत : रामप्रसाद पाण्डेयकाे फेसबुकबाट ।

काठमाडाैंमा भएको १३ औं सागमा कराते तर्फको टिम कातामा पाकिस्थानलाई पछि पार्दै नेपालको तर्फबाट सरुको टिमले स्वर्ण पदक जितेको हो थियाे । सागको कराते तर्फको कातामा पाकिस्थानलाई २३.३ अंकमा सीमित राख्दै नेपाललाई २४.८८ अंकका साथ स्वर्ण पदक दिलाउन उनको टिम सफल भएको थियाे ।

कार्यक्रममा सरूले गाउँपालिकाले सम्मान गरेकाेमा धन्यवाद दिनुहुँदै खेल क्षेत्रमा लाग्न अझै प्रेरणा मिलेकाे बताउनुभयाे ।

टिम कातामा नेपालको तर्फ बाट सरु कार्की, संगिता मगर र निर्मला तामाङ खेलेका थिए ।

सातवर्ष पहिले नेपाल प्रहरीमा भर्ना भएकी सरुलाई करातेले देशमा मात्र अन्तराष्ट्रिय क्षेत्रमा पनि चिनाउन सफल भएकाे स्थानीय छिमेकीकाे भनाइ छ । सरुले कक्षा १ देखी ८ सम्म अध्ययन गहते माध्यमिक विद्यालयमा र कक्षा ९ र १० काे अध्ययन सत्यवति माध्यमिक विद्यालयमा गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update