Erani Mahal
पवित्र महिला कृषि सहकारी संस्था लिमिटेडकाे छैठाैं साधारणसभा
80623498_631089387458520_5308539926717923328_n

पाल्पा - पवित्र महिला कृषि सहकारी संस्था लिमिटेड तिनाउ-६, काे छैठौं साधारणसभा तेस्रो अधिवेशन सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि महिला समन्वय समिति तिनाउ-६, का अध्यक्ष शारदा श्रेष्ठले महिलाहरुकाे सक्रियतामा सञ्चालित याे संस्थालाई नमुना बनाउनु पर्ने बताउनुभयाे।

सभामा विशिष्ट अतिथि तिनाउका प्रवक्ता राजेश श्रेष्ठले गाउँ-गाउँमा यसरी महिलाहरु जुटेर महिलाहरुकै आय आर्जनका लागि सहकारी खाेलेर अघि बढ्ने कुरा सचेत समाजका नागरिकहरुबाट मात्रै सम्भव रहेकाे बताउनुभयाे ।

उहाँले ६ वर्ष अघिनै यहाँका दिदीबहिनीहरुले जुन आँट गर्नुभयाे त्यसका निम्ति अग्रजहरुलाई बधाई दिदै सुरुमा ३९ जना सदस्य बाट अघि संस्थाले हाल १७१ जना पुग्नु राम्रो कुरा भएको बताउनुभयाे ।

प्रवक्ता श्रेष्ठले सहकारीकाे माध्यम बाट यस क्षेत्र का विपन्न बर्गमा आय आर्जनका कृयाकलापहरु अघि बढाउन अनुराेध गर्नुभयाे। साे सभामा काेषाध्यक्ष मिना बिष्टले ३२ लाख बराबरकाे काराेबार भएको जानकारी गराउनुभयाे।

आन्तरिक लेखा समितिका सदस्य सरिता दर्लामीले आन्तरिक लेखा तथा हिसाब कितावका बारेमा प्रस्तुत गर्नुभयाे । महिला कल्याण समूहकी प्रतिनिधि तुल्सा थापा, शेयर सदस्य टाेपला विक, स्वालम्वन बचत तथा तथा ऋण सहकारीकाै अध्यक्ष पदमलाल देवकाेटा लगायतले शुभकामना दिनुभएकाे थियाे ।

अधिवेशनले मिना बिष्टकाे अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाेछ। जसकाे उपाध्यक्षमा, चित्रा आले, सचिवमा मिनासरा लम्तरी र शुशिला खत्री काेषाध्क्षमा चयन हुनुभएको भने सदस्यहरुमा सीता राना, चुना बुचा, मिना थापा, ईन्द्रिरा लामिछाने र वृन्दा गाेदार चयन हुनुभएकाे छ। संस्थाकाे अध्यक्ष मिना दर्लामीकाे अध्यक्षतामा मिनासरा लम्तरीकाे सञ्चालनमा सभा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update