Erani Mahal
देववाणीकाे वार्षिकाेत्सव : मैत्रीपूर्ण भलिबलमा पत्रकार विजयी
344

पाल्पा – देववाणी माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सबको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा नेपाल पत्रकार महासंघ विजेता बनेको छ । पत्रकार महासंघ पाल्पाले देववाणी माध्यमिक विद्यालयका शिक्षकलाई २-० को सोझो सेटमा पराजित गरेको हो ।

विद्यालयको वार्षिकोत्सव समारोहको तेश्रो दिन आयोजित प्रतियोगितामा पत्रकारहरुले लगातार सहज जित हासिल गर्दै विजयी भएको हो । पत्रकार महासंघका भुवन सिंजाली, गणेश दर्लामी लगाएतको उत्कृष्ठ प्रदर्शन सहित महासंघ विजयी भएको हो ।

तस्विर : पत्रकार माधव अर्यालकाे सहयाेगमा ।

नेपाल पत्रकार महासंघ पाल्पा साखाका अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारहरुलाई मैत्रीपूर्ण खेलमा सहभागी बनाएर विद्यालयले सकारात्मक सम्बन्ध स्थापित गरेको बताउनुभयो । अध्यक्ष अर्यालले विद्यालय, समुदाय, अभिभावक, विद्यार्थी र सञ्चारमाध्यमको समन्वयले नै आजको शिक्षा प्रभावकारी र उत्पादनमुलक हुने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी पोखरेलले अभिभावक र सरोकारवालाको चासो र चिन्ताले विद्यालयको गुणस्तर सुधार गर्न प्रेरणा मिलेको बताउनुभयो । अध्यक्ष पोखरेलले सबैको सहयोग रहे सरकारी विद्यालय पनि गुणस्तरमा कमजोर नहुने उदाहरण देववाणी स्कुलले देखाएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक कृष्ण थापाले अभिभावक र विद्यार्थीको अपेक्षा अनुसार विद्यालय सञ्चालन भईरहेको बताउनुभयो । प्रधानाध्यापक थापाले विद्यालयको हरेक गतिविधीलाई सञ्चारमाध्यमले प्रचारप्रसार र आलोचनात्मक टिप्पणी गर्न अनुरोध गर्नुभयो ।

शनिबार नै विद्यालयले हाजिरिजवाफ, अभिभावकले आफ्ना बच्चा चिन्ने र लोक नृत्य प्रतियोगिता समेत सम्पन्न गरेको छ । विद्यालयले भोली आईतवार सरस्वती पुजा, प्रभातफेरी, सभा, सम्मान तथा पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरि बार्षिकोत्सब सम्पन्न गर्दैछ ।

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update