Erani Mahal
दाेभान माविकाे ५८ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न
76765507_2689169154464673_4362779619808509952_n

पाल्पा - दाेभान मावि तिनाउ-२, दाेभानकाे ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समाराेह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रब्युह थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य साेम प्रसाद पाण्डेले विद्यालय तिनाउकै पुरानाे र केन्द्रमा समेत रहेकाेले सबै अभिभावकहरुकाे मन जित्दै नयाँ जनशक्ति उत्पादन गर्न सक्ने बनाउन कसिनुपर्ने बताउनुभयो ।

साे कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभाका सांसद तुलाराम घर्तीले भाैतिक पक्ष राम्रो बन्दै गएकाे याे विद्यालयले अब शैक्षिक सुधारलाई जाेड दिनुपर्ने बताउनुभयाे। साे कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले शुभकामना दिनुभयाे ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष दमयन्ति थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष प्रेम पाण्डे, प्रेम श्रेष्ठ, रेणुका लम्साल, लाल कुमार श्रेष्ठ, झविन्द्र ज्ञवाली, लक्ष्मण थापा, रक्षा लम्साल र भेषराज पाेख्रेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे ।

विद्यालयका प्रधानाध्यापक सुर्य प्रसाद पाैडेलले प्रतिवेदनका क्रममा १ कराेड ३६ लाखकाे आय ब्याय प्रस्तुत गर्नु भएको थियाे । कार्यक्रम शिक्षक गाेपाल केसीले सञ्चालन गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update