Erani Mahal
संघीय अर्थ नीतिमा योगदान दिदै पाल्पालीहरु
palpa-copy

प्रभा शर्मा लामिछाने

पश्चिम नेपालको रमणीय केन्द्र पाल्पा जिल्ला बौध्दिकताका दृष्टिले पनि अव्वल रहेको छ । यहांका धेरै विव्दानहरुले नेपालको धेरै क्षेत्रमा योगदान पुर्याएका छन् । यो क्रममा अहिले केही पाल्पालीहरु देशको संघीय अर्थनीतिमा योगदान दइरहेका छन् यो पाल्पा र पाल्पालीहरुको लागि गर्वको कुरा हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल विगत ५ वर्ष देखि देशको वित्त नीतिलाइ मौद्रिक नीति मार्फत सघाइरहेका छन् ।संघीय वित्तीय नीति अनुरुप प्रत्येक स्थानीय तहमा कम्तीमा १ क वर्गको वाणिज्य वैक रहनु पर्ने र एक नेपाली एक बैंक खाताको अभियानलाइ सार्थक वनाउने क्रममा गभर्नर चिरन्जिवी लागिपरिरहेका छन् । विगतमा एकात्मक सरकार रहदा सरकारको एउटा मात्र संचित कोष रहने गरेकोमा नेपाल राष्ट्र बैंकले संचित कोष र अन्य सवै सरकारी कोषको व्यवस्थापन गर्दै आएको थियो । अहिले देशमा ७६१ वटा संचित कोष विभाज्य कोष र अन्य सरकारी कोषहरु रहेका छन् यी सवै कोषहरुको कुशलतापूर्वक व्यवस्थापन गर्ने चुनौतीपूर्ण दायित्व गभर्नर चिरन्जिवी नेपालले निर्वाह गरिरहेका छन् ।

गभर्नर चिरन्जिवी नेपाल

डा पोषराज पाण्डे अन्तर्राष्ट्रिय व्यापार तथा लगानी विज्ञ हुन् । राष्ट्रिय योजना आयोगको सदस्य रहिरहेका पोषराज पाण्डे अहिले संघीय नेपालको कर प्रशासन लगानी र व्यापारका नयां अवसर पहिचान गर्ने कार्यमा संलग्न छन् ।

डा पोषराज पाण्डे

पाल्पाका प्रशासक दामोदर रेग्मी लामो समय अर्थ मन्त्रालयमा कार्यरत रहि अहिले प्रदेश १ को आर्थिक मामिला मन्त्रालयको सचिव रहेका छन् । उनको संघीयताका वारेमा पुस्तकहरु प्रकाशन भएका छन् भने यस विषयमा नियमित लेखहरु आइरहने गर्दछन् ।  उनले प्रदेश १ मा वित्तीय संघीयतालाइ सफलरुपमा व्यवहारमा उतार्ने र वित्तीय अनुशासन कायम गर्ने उत्तरदायित्व निर्वाह गरिरहेका छन् । साथै प्रदेश १मा लगानी सम्मेलन गर्ने कार्यमा तल्लीन रहेका छन् ।

दामोदर रेग्मी

जयदेव श्रेष्ठ लेखा प्रशासनका जानकार हुन् र उनले अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा लामो समय विताएका छन् । उनी अहिले ऋण असुली न्यायाधिकरणका लेखा सदस्यको हैसियतले आफ्नो क्षमताको पूर्ण उपयोग गरिरहेका छन् ।

जयदेव श्रेष्ठ

रामबावु नेपाल नेपालको लेखा परीक्षण प्रणालीको व्यवहारिक पक्षका पर्याय हुन् । महालेखा परीक्षकको कार्यालयमा लामो समय विताएका रामबावु नेपालसंग संघीय नेपालका विभिन्न तहका सरकार र यिनीहरुको वाह्य परीक्षण प्रणालीको सुदृढीकरणमा आफ्नो योगदान दिइरहेका छन् ।

रामबावु नेपाल

पाल्पाका यी संघीय अर्थ नीतिका संवाहक र सहजकर्ताहरुको योगदान पाल्पालीहरुको लागि प्रेरणा र गर्वको कुरा हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update