Erani Mahal
पाल्पाकी सरूकाे टीमले दिलायाे नेपाललाई 'स्वर्ण पदक'
saru-karki.docxrr

पाल्पा - नेपालमा भइरहेकाे १३ औ सागमा पाल्पाकी सरू कार्कीले स्वर्ण पदक जितेकी छन् । रैनादेवीछहरा गाउँपालिका-७, बल्ढेङगढी चिदीपानीकी सरु कार्कीको टिमले नेपाललाई स्वर्ण पदक दिलाएको हाे ।
सोमबार काठमाडाैंमा भएको कराते तर्फको टिम कातामा पाकिस्थानलाई पछि पार्दै नेपालको तर्फबाट सरुको टिमले स्वर्ण पदक जितेको हो । सागको कराते तर्फको कातामा पाकिस्थानलाई २३.३ अंकमा सीमित राख्दै नेपाललाई २४.८८ अंकका साथ स्वर्ण पदक दिलाउन उनको टिम सफल भएको हो ।


टिम कातामा नेपालको तर्फ बाट सरु कार्की, संगिता मगर र निर्मला तामाङ खेलेका थिए । १३ औ सागमा नेपाललाई स्वर्ण पदक दिलाएकी सरुको जितसंगै उनको जन्म स्थान पाल्पाको बल्ढेङगढीमा खुसीयाली छाएको छ ।

पाल्पाको रैनादेवी छहरा वडा नम्बर ७ बल्ढेङगढी चिदीपानीमा जन्मेकी सरु कार्की नुर बहादुर कार्कीकी नातिनी, ओम बहादुर कार्की र टुमकली कार्कीका ६ जना छोरा छोरी मध्येकी माईली छोरी हुन । उनी माथि एक जना दाई र दिदी हुनुहुन्छ भने अरु सबैभाई बहिनी छन् ।

सातवर्ष पहिले नेपाल प्रहरीमा भर्ना भएकी सरुलाई करातेले देशमा मात्र अन्तराष्ट्रिय क्षेत्रमा पनि चिनाउदा उनको जन्म गाउँमा खुसियाली छाएको छ । नेपाल प्रहरीले दिएको अवसरलाई उनले दुःख र संर्घषले बिताएको बाल्यकालले आज स्वर्ण पदक दिलाउने सफल भएकाे हाे ।

सरुको जित संगै उनले कक्षा १ देखी ८ सम्म अध्ययन गरेकाे गहते माध्यामिक विद्यालय र कक्षा ९ र १० सम्म अध्ययन गरेको सत्यवति माध्यामिक विद्यालयमा पनि खुसीयाली छाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update