Erani Mahal
रिब्दीकोटमा मावि स्तरीय १० औँ ओकेबाजेकप छात्रछात्रा भलिबल प्रतियोगिता सम्पन्न
f-2

पाल्पा- रिब्दीकोटका मावि स्तरीय १० औँ ओकेबाजे कप छात्रछात्रा भलिबल प्रतियोगिता कुसुमखोला,पाल्पामा सम्पन्न भएको छ ।

यहि मंसिर १३ र १४ गते भएको खेलमा माछापुच्छ्रे सामुदायिक खेलकुद मञ्च पाल्पाकाे आयोजना र रिब्दीकोट युवा तथा खेलकुद विकास समितिको सहाआयोजनामा भएकाे थियाे ।

उद्घाटन रिब्दीकोट गा.पा. का अध्यक्ष नारायण बहादुर जि.सीले गर्दै खेलले बिध्यार्थी लाइ थप उर्जा प्रधान गर्ने र खेल संगै पढाइलाइ पनि निरन्तरता दिनुपर्ने बताउनुभयाे ।

१३ बिध्यालयको छात्र र ९ छात्राकाे सहभागिता भएकाे टिममा छात्र तर्फ प्रथम कालीका मा.वि द्धितिय नारायण मा बि तृतिय भवानी मा बि भएका छन । यस्तै छात्रा तर्फ कालिका मा बि प्रथम , द्धितीय आदर्श मा.वि. तृतिय भवानी मा.वि. भएका छन् ।

कार्यक्रममा प्रथम द्धितिय तृतियलाइ क्रमस ५ हजार ४ हजार ३ हजार सहित मेडल र प्रमाणपत्र जापानीज नागरिक काजुमासाकाकिनि (ओके बाजे) ले बितरण गर्नुभयाे । उहाँले खेल सम्पन्न गर्ने सबैलाइ धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनाल , गाउँपालिका शिक्षा शाखा प्रमुख मणी प्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम शेर बहादुर रानाको अध्यक्षतामा चलेको भवानी माध्यमिक बिध्यालयका शिक्षक अर्जुन आचार्यले रानीमहललाइ जानकारी गराउनु भयो ।

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update