Erani Mahal
छहराकाे स्वाबलम्बन सहकारी संस्थाकाे साधारणसभा सम्पन्न
DSC_4247

पाल्पा - पाल्पाको पश्चिम भेगमा रहेको परोपकार स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था रैनादेवी छहरा-४, पाल्पाको २० औँ साधारण सभा बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिल प्रसाद श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा पूर्व उधोगमन्त्री तथा केन्द्रीय सासंद सोम प्रसाद पान्डेको प्रमुख आथित्यता रहेको थियो ।

साधारण सभामा गाउँपालिका प्रबक्ता बिष्णु पोखरेल, सकारात्मका सोचका परिकल्पनाकार राम बहादुर राउत, नेकपा रैनादेवी छहराका राम प्रसाद ज्ञवाली, नेपाली कांग्रेसका प्रकाश रायमाझी लगायतका अतिथिहरुले सहकारीले सेहर सद्स्यहरुलाइ उद्मशिलताको विकास गराइ आर्थिक, सामाजिक विकासमा सहयाेग पुर्याउन आग्रह गर्नुभयाे ।

कार्यक्रम संस्थाका ब्यावस्थापक गोविन्द रायमाझीले संस्थाले वर्ष दिन भरि गरेका कामको जानकारी गराउँदै ७ करोड ३१ लख ९६ हजारको आर्थिक प्रतिबेदन समेत सुनाउनु भएको थियो ।संस्थाको लेखा प्रतिबेदन कपिल पोखरेलले जानकारी गराउनु भयो भने ऋण उपसमितिको प्रतिबेदन दान बहादुर थामीले प्रस्तुत गर्नुभयाे ।

२० औँ साधारण सभाले संस्थामा हाल सम्म योगदान गरेका सहकारी अभियान्ता पूर्व अध्यक्ष, पूर्व उपाध्यक्ष तथा उत्कृष्ट सेयर सस्यहरुलाई सम्मान पत्रले सम्मान गरेको थियो । कार्यक्रमकाे सन्चालन संस्थाका सचिव श्रीकृष्ण आत्रेयले गर्नु भएको थियो । कार्यक्रम संघ संस्थाका प्रतिनिधि राजनीतिक दलका नेता र सेयर सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update