Erani Mahal
कोल्डाँडाको तीनदिने तरकारी खेती तालिम सकियो
fff

पाल्पा– तिनाउँ गाउँपालिका वडा नं. ५ कोल्डाँडामा संचालित तीन दिने तरकारी खेती तालिम सकिएको छ ।

तालिम समापन गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको आतिथ्यतामा भएको थियो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले गाउँपालिकाले प्रत्येक वडालाई व्यवसायिक कृषिमा लगाउन र आज आर्जन बढाउन यस्तो कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउनुभयो । उहाँले प्रत्येक वडामा तीन लाखका दरले बजेट विनियोजन गरेर तालिम पछि पचास प्रतिशत अनुदानमा विउ तथा प्राविधिक उपकरण सहयोग गाउँपालिकाले गरेको बताउनुभयो ।


मरामकोट कृषि समूहको अध्यक्ष चित्रा आलेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष दलबहादुर दर्लामी, वडा सदस्य नरबहादुर आले, हस्त आले र हुमिसरा विकले आफ्नो भनाई राख्नु भयो ।


तालिममा तिनाउँ गापाका कृषि शाखाका हेमन्त शर्मा, कृषि प्राविधिक किशोर रावल र कल्पना पोखरेलले सहजीकरण गर्नुभएको थियो । तालिममा सिर्जनसिल कृषि समूह माथिल्लो र तल्लो कल्डाँडा, मरामकोट कृषि समूहका गरी ३० जना कृषकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update