Erani Mahal
पूर्वखोलामा आलु, गहुँ र कुरिलोको विउ वितरण
आलु

पाल्पा– पूर्वखोला गाउँपालिका को ५० प्रतिशत अनुदानमा ६ वटै वडामा किसानको माग अनुसारको आलु, कुरिलो र गहुँको बिउ बितरण गरेको छ ।


पूर्वखोला गाउपालिकाले किसानको मागको आधारमा १ सय ४० क्वीन्टल आलुको विउ बितरण गरेको छ । गाउँपालिकाले वडा न १ मा २० क्वीन्टल वडा न २ मा ३० क्युन्टल वडा न ३ मा २० क्वीन्टल वडा न ४ मा ३० क्वीन्टल वडा न ५ मा २० क्वीन्टल र वडा न ६ मा २० क्युन्टल बितर्ण गरेको गाउपालिका कृषि शाखा संयोजक सन्तोष कँडेले रानीमहललाई जानकारी गराउनु भयो ।


कडेल किसानको लागि रु १५ रुपैंया अनुदानमा विउको वितरण गरिएको हो । गत वर्ष पूर्वखोला गाउँपालिकले कोल सट्रोइङ उन्नत जातको आलुको बिउ बितरण गरेको थियो त्यस बिउ बाट किसान हरुले अगाउने बिधी बरेमा राम्रो संग नबुझदा उत्पादन सोचे अनुरुपको भएको थिएन ।


गाउँपालिकाले आलुको बिउ संगै गहुँ तथा कुरिलोको बिउ अनुदानमा वितरण गरेको कडेलले रानीमहललाई जानकारी गराउनु भयो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update