Erani Mahal
दोभानमा ३ दिने तरकारी खेती तालिम
ad-ad

पाल्पा– तिनाउँ गाउँपालिकाको दोभानमा ३ दिने तरकारी खेती सम्बन्धि तालिम दिइएको छ । तिनाउँ गाउँपालिकाको आर्थिक र गापाको कृषि शाखाको प्राविधिक सहयोग रहेको तालिम गाउँपालिकाका अध्यक्ष ओम घर्तीले उद्घाटन गर्नुभयो ।

उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गरेर व्यवसायीक किसान बन्न सबै सहभागिलाई आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले आधुनिक औजार, उपकरण र बजारीकरणमा सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, वडा अध्यक्ष राजेश श्रेष्ठ लगायतले कृषिको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।


कृषि प्राविधिक हेमन्त शर्मा, किशोर रावल र कल्पना पोखरेलले तालिममा सहजीकरण गर्नुभएको छ । ३ दिने तालिममा अगुवा कृषक चिन्तामणी भण्डारीको अध्यक्षता रहेको छ भने ३० जना सहभागि रहेको प्रमुख घर्तीले रानीमहललाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update