Erani Mahal
पत्रकारद्वय सिवाकोटी र भण्डारी पुरस्कृत
6

पोखरा - नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय सिवाकोटी र भण्डारीलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।

प्रेस युनियनका महासचिव समेत रहनुभएका सिवाकोटी र राष्ट्रिय समाचार समिती (रासस) का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिनुभयो ।

पोखरामा शुक्रबार आयोजित डिएलएको बार्षिक साधारणसभामा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पत्रकार सिवाकोटीलाई कानुन पत्रकारीता सम्मान तथा भण्डारीलाई क्रियासिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको हो । साधारणसभाामा देशभरबाट डिएलएका प्रतिनिधीहरु सहभागी थिए ।

साधारणसभाले पोखरा धोषणा पत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिनुभयो । प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स २०४७ सालमा वरिष्ठ कानुनविद् स्व. लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update