Erani Mahal
रानीमहल सहकारी संस्थाको  ११ औं वार्षिक साधारण सभा सम्पन्न
Untitledप

विकाश काफ्ले, पाल्पा - रानीमहल बचत तथा ऋण सहकारी संस्था लि. तानसेन पाल्पाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्नुहुदै समाजसेवी पूर्णमाया महर्जनले ऋण लिने र बचत गर्ने मात्र नभई सहकारीहरु उत्पादनलाई जोड दिदै उत्पादनमुलक क्षेत्रमा लगानी गरी उत्पादकत्व र बजारीकरणमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

‘‘जनताको अपेक्षा राज्यको लक्ष्य पुरा गर्न सहकारी लागौं महर्जनले भन्नुभयो–सहकारीले शेयर सदस्यलाई प्रोत्साहित र लगानी गरेको छ,आबश्यकता अनुसारको लगानी भयो कि भएन यसको खोजी गर्दै साच्चिकै व्यवसायिकतालाई जोड दिऔं । उहाँले बजार मात्र होइन प्रशस्त क्षेत्रमा भारत तथा अन्य देशम बाहिरबाट पाल्पा चिनाउने ढाका र करूवा भित्रिएका छन्। गाउँ समृद्ध हुन तपाई हामी उठेर काम गर्नैपर्छ गरौं धेरै सहकारी भन्दा बलियो सहकारी हुनुपर्छ प्रतिस्पर्धाबाट भएपनि सदस्यको आर्थिक सबललाई सहकारीले पहिलो प्राथमिकता दियोस् उहाँले भन्नुभयो। बाहिरबाट आयातमा बन्द गर्ने योजना बताउदै आत्मनिर्भर गराउन सबै पक्षसँग सहकार्य गर्नुपर्ने बताउनु भयो।

जिल्ला रासहकारी संघका सदस्य बामदेब बस्याल ज्यले सहकारीको जिम्मा स्थानीय तहलाई दिएपनि विज्ञको अभावमा सहकारीलाई नगरले व्यवस्थित गर्नमा समस्या भइरहेको बताउँदै बस्यालले केन्द्र सरकारसँग विज्ञको माग पटक–पटक गरिरहेको बताउनुभयो ।

पत्रकार महांसघ नेपाल पाल्पा शाखा सचिव किरण कौशल , नमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष नवीन थापा, बरिष्ठ पत्रकार मेघराज शर्मा, हाेटल व्यवसायी जिबलाल सुवेदी, जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष होमनाथ न्यौपाने सहकारीले गरेका काम र आर्थिक सबलिकरणका बारेमा बोल्नुभएको थियो ।

सोही अबसरमा संस्थाले ७० वर्ष माथिका मानकुमारी कार्की, होमनाथ न्यौपाने, निल कुमारी श्रेष्ठ, भगवती देवी सैनु, मिनु शाक्य, डिल्ली बहादुर कार्की, नारायण प्रसाद डगोल, मुना रायमाझी, मित्र लाल वज्राचार्य, भुप बहादुर बिश्वकर्मा, चिरञ्जीवी नारायण उपाध्याय, जित लक्ष्मी बज्राचार्य र राधा देवी रायमाझीलाइ सम्मान गरिएकाे थियाे । नियमित बचतकर्ता सुप्रिय पन्थी, मासिक बचत कर्ता तेज बहादुर थापा, उत्कृष्ट ऋर्णी तुल्सा क्षेत्रीलाई सम्मान गरेको हो ।

एस् ई ई २०७५ मा उत्कृष्ट रूपमा उत्तीर्णहरू कोपिला गैरे, सोमनाथ भट्टराई, अभिषेक बस्याल, पूर्णीमा बिश्वकर्मा, प्रिन्सी कार्की, उज्वल गहतराज, सुमित बुढाथोकी, प्रसन्न ढुङ्गाना, साजन थापा, ममता जर्गा, गोबिन्द राज जर्गा, अनिशा बिश्वकर्मा, सन्देश श्रेष्ठ, सलिना गाहा, लक्ष्मण थापा सन्देश खाती क्षेत्री र कृष्ण कुँवरलाई सम्मान गरेकोलाइ छ।

संस्थाका अध्यक्ष भुगोल प्रसाद बैजु (श्रेष्ठ)ले आ.व.०७५/०७६ सम्मको ३ करोड, ४२ लाख बढीको आर्थिक प्रतिवेदन तथा १६ लाख ५१ हजार ९ सय ३० रुपँया बराबरको खुद नाफा गर्न सफल भएको जानकारी दिदै युवामुखी कार्यक्रम र उत्पादन तथा उत्पादकत्वलाई जोड दिई सक्षम शेयर सदस्य बनाउने योजनामा काम गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

संस्थाका उपाध्यक्ष राजेश कुमार शाक्यको स्वागतबाट सुरु भएको कार्यक्रम संस्थाका सचिव राजन नेपालको सञ्चालन र अध्यक्ष भुगोल प्रसाद बैजु(श्रेष्ठ)को अध्यक्ष्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update