Erani Mahal
पाल्पाली साहित्यकार न्यौपानेको महाकाव्य ‘श्रम-साधना’ लोर्कापण
IMG_0813

पाल्पा– जिल्लाकै इतिहासमा पहिलो महाकाव्यको रुपमा पाल्पाली साहित्यकार निलकण्ठ न्यौपानेको महाकाव्य श्रम र साधनाको लोर्कापण गरिएको छ । पूर्वखोला रिग्नेरह निवासी न्यौपानेको १० औं कृतिको रुपमा महाकाव्य श्रम र साधनाको परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीलले लोकापर्ण गर्नुभयो ।


काव्य लोर्कापण गर्दै मन्त्री ज्ञवालीले साहित्य समाजको ऐना भएकाले समाजमा भएका यथार्थ कुरालाई साहित्य मार्फत ल्याउनुपर्ने बताउनुभयो । उहाँँले साहित्यको अध्ययनले नकारात्मकता भन्दा पनि सकारात्मकता तर्फ मानिसलाई अग्रसर बनाउनुपर्ने बताउनुभयो । नेपालको राष्ट्रियता, स्वाभिमानसँग सम्बन्धित कृतिले नेपालमा श्रम र साधनाको माध्यमबाट समृद्धि ल्याउन सकिन्छ भन्ने कुराको उद्दघोष गरेको भन्दै कवि न्यौपानेलाई बधाई दिनुृभयो ।

पूर्वखोला गाउँपालिकाको प्रकाशन रहेको काव्यमा नेपाली श्रम र साधनाको विषयमा चर्चा गरिएको छ । काव्यको प्राध्यापक डा. बेणिमाधव ढकालले समिक्षा गर्दै केन्द्रका वरपर रहने साहित्यकारको कृति भन्दा ग्रामिण क्षेत्रका साहित्यकार न्यौपानेको कृतिमा बढी मार्मिकता र दम रहेको बताउनुभयो । उहाँले श्रमको खोजीमा विदेश भौतारिने युवालाई स्वदेशमै साधना गरेर समृद्धि ल्याउन तर्फ अग्रसर गराउन साहित्यमार्फत कविले अभिप्रेरित गरेका बताउनुभो ।

यस्तै वरिष्ठ पत्रकार मेघराज शर्माले न्यौपानेको कृतिले नेपाली भूमि, हिमाल पहाड र तराईलाई समेटेको बताउनुभयो । नेपाल सरकारका सहसचिव मनमाया पंगेनीले न्यौपानेको कृतिले श्रमवीर र कर्मशिल देशभक्त नेपालीलाई उर्जा थपेको बताउनुभयो । प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले आर्थिक व्यवस्थापन नहुँदा अलपत्र परेको कृति प्रकाशनमा आफूले जिम्मा लिएको र सोही अनुसार गाउँपालिकाले सहयोग गरेको बताउनुभयो । उहाँले साहित्य मार्फत समाजलाई सहि मार्गमा लैजान श्रम र साधना कृतिले उल्लेख्य भूमिका खेलेको बताउनुभयो ।


साहित्यकार कृष्णकला भण्डारी र रीता न्यौपानेले कवि न्यौपानेका कृतिमाथि संगीतमय वाचन गर्नुभएको थियो । धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साहित्यअनुरागी महानुभावहरुमा आभार व्यक्त गर्नुभयो । पुस्तकालयका महाचिव राजेशकुमार अर्यालले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न साहित्यकारहरु, गाउँपालिका र नगरपालिकाका प्रमुखहरु, प्रदेश सभा सदस्य, पत्रकार, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update