Erani Mahal
तिनाउकाे कचलमा तरकारी खेती सम्बन्धी तालिम
72161429_1522754824532983_934329221386338304_n

पाल्पा - तिनाउ गाउँपालिका-३, कचलमा तरकारी खेती सम्बन्धी किसानलाइ तीन दिनकाे तालिम दिइएकाे छ । तालिमकाे उद्घाटन गर्नुहुँदै तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले अर्गानिक तरकारी खेती गरेर भारतीय तरकारी आयात राेक्नुपर्ने धारणा राख्नुभयाे । उहाँले गाउँलाइ तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले जाेड दिएकाे उल्लेख गर्नुभयाे ।

तीन वटा समूहका ३० जना किसान तालिममा सहभागी भएका छन् । उनीहरूलाइ खुर्सानी, टमाटर, प्याज, लहरेवाली लगायतका खेती गर्न सिकाइएकाे छ । तालिममा तिनाउ गाउँपालिका कृषि शाखा प्रमुख हेमन्त शर्मा, कृषि सहायक कल्पना पाेखरेल र किशाेर रावलले सहजीकरण गर्नुभएकाे छ ।

तालिमकाे शुभारम्भ कार्यक्रम कृषि समूहका अध्यक्ष कर्णबहादुर रानाकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा तिनाउ वडा नं. ३ का अध्यक्ष राेमबहादुर लम्तरी, वडा सदस्यहरू देउबहादुर पुन, अमर तरामु, धनी बगालेलगायतले शुभकामना मनतव्य दिनुभएकाे थियाे । तिनाउ गाउँपालिकाले हरेक गाउँलाइ एउटा तरकारी उत्पादनकाे पकेट क्षेत्र निर्माण गर्ने गरी याेजना र बजेट विनियाेजन गरिरहेकाे छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update