Erani Mahal
‘पसिना’ गीतबाट विदेशिने युवाको पीडा  पाेख्दै गायक गैरे [भिडियो सहित]
Pasina-suman-

पाल्पा । कामकाे सिलसिलामा विदेसिने नेपाली युवाहरुकाे पीडा समेटेर पसिना नामक गीत बजारमा अाएकाे छ र

स्वदेशमा रोजगारीको अवसर नहुँदा काम गर्न विदेसिने लाखौं नेपाली युवाहरु भाव बोकेको लोकगीत , –‘पसिना’। नेपाली गीतकाे बजारमा अाएकाे छ । गीत शनिबार युट्युवबाट सार्वजनिक गरिएको हाे ।

पुरुषोत्तम गैरेको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा वाध्यताले विदेशिने युवाहरुको भावनालाई मार्मीक ढंगले प्रस्तुत गरिएको छ। गीतमा पुरुषोत्तमसंगै सुरेश रमण अधिकारी र सुमन गैरेले स्वर दिएका छन्। शुभतारा म्युजिक प्रा.लिको प्रस्तुतिमा अनन्त न्यौपानेले गीतलाई प्रस्तुत गरेका हुन्।

गायक तथा सर्जक पुरुषोत्तम गैरेकै निर्देशनमा बनेको भिडियोमा अनन्त न्यौपाने, सिर्जना मश्राङ्गी, लोक लुइँटेल, सुमन गैरे लगायतले अभिनय गरेका छन्। सन्तोष बस्यालको छायांकन रहेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन्।

भिडियो :

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update