Erani Mahal
तानसेनमा संचालित भलिबल प्रतियाेगितामा १३ नं. वडा विजयी
IMG_20191104_150029-1024x576

पाल्पा - तानसेन युवा परिषद्द्वारा तानसेनमा आयाेजित वडास्तरीय भलिबल प्रतियाेगिताकाे उपाधि तानसेन-१३, ले हात पारेकाे छ । उपाधि जितेसँगै उसले ७० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ । वडा नं. १४ लाइ हराउँदै १३ नं. वडाले उपाधि जितेकाे हाे । परिषद्काे आयाेजनामा आइतबार र साेमबार खेल संचालन भएका थिए ।

खेल समापन तथा पुरस्कार समाराेहका प्रमुख अतिथि एवं तानसेन नगरपालिकाका प्रवक्ता दामाेदरप्रसाद घिमिरेले युवालाइ खेलप्रति जागरूक बनाइ स्वस्थ् र अनुशासित नागरिक उत्पादन गर्ने नगरपालिकाकाे साेच रहेकाे बताउनुभयाे ।

प्रवक्ता घिमिरेले खेलको माध्यमबाट देश तथा विदेशमा पशिचान वृद्धि गर्ने भन्दै नगरपालिका सधै युवाहरुको पक्षमा काम गर्न तयार रहेको बताउनुभयो । प्रवक्ता घिमिरेले खेल आयोजनाले आपसी भाइचारा र खेलाडीको ब्यक्तित्व विकास गर्न समेत महत्वपूर्ण भुमिका खेल्ने दावी गर्नुभयो ।


तानसेन नगरपालिका युवा परिषदले आयोजना गरेको नकआउट सिस्टम भलिबल प्रतियोगितामा सहभागी ९ टिम सहभागी भएका थिए ।

तानसेन नगर युवा परिषदका अध्यक्ष गुरास आत्रेयले युवा क्षेत्रकाे पहिचानका लागि प्रतियाेगिता गरेकाे बताउनुभयाे । उहाँले खेल क्षेत्रले राष्ट्रलाइ नै चिनाउने भएकाले पाल्पालाइ चिनाउन नगरपालिकाले विभिन्न खेलकाे आयाेजना गरेकाे बताउनुभयाे । प्रतियाेगिताबाट १० जना खेलाडी समेत छनाैट गरिएकाे र नगरस्तरीय समूह बनाइएकाे छ ।


प्रतियोगिताको विजेताले ७० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ४० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । यस्तै प्रत्येक खेलका म्यान अफ दि म्याचलाई हुनेलाई १/१ हजार रूपियाँ प्रदान गरिएको थियाे । कार्यक्रम परिषद्का महासचिव धनेन्द्रराज घिमिरेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update