Erani Mahal
संचारकर्मी मगरको नयाँ सालैजो गीत बजारमा (भिडियाे सहित)
received_408485053382320

सन्तोष बस्याल, पाल्पा - चर्तित गायक एवम संचारकर्मी दिपु मगरको नयाँ सालैजो गित स्वर्गद्धारी बजारमा आएको छ । बिशेष गरी मध्य पश्चिममा चर्चित सालैजो भाकालाई गायक मगरले बजारमा पस्केका हुन् ।

गितका शब्दमा माया प्रिती र यस क्षेत्रका बिभिन्न पर्यटकिय स्थलहरुको पनी बयान गरिएको छ । स्वर्गद्धारीमा दिपु मगर र रेनु राना मगरको स्वर रहेको छ भने गितको शब्द स्वयम दिपु मगरको रहेको छ । गितमा भाका संकलन रिशी खडकाले गरेका छन् ।


अतिनै सुमधुर शैली सहितको गितको भिडियोमा पनी गायक मगरले कम्मर मर्काएका छन त्यस्तै उनलाई अभिनयमा सपना मगरले साथ दिएकी छन ।

रुपन्देहीको बासगढी क्षेत्रमा छायांकन गरिएको गितको भिडियोलाई सन्तोष बस्यालले छायांकन गरेका हुन भने निर्देशन सुमन थापाले गरेका हुन । दिपु मगर युटुब च्यानलबाट डिजिटल बजारमा आएको गितले अहिले चर्चा कमाउदै गएको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।  

https://www.youtube.com/watch?v=V0C-_KHJupE
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update