Erani Mahal
मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शिवगुफा युवा क्लब प्रथम
75056911_429233711074564_7990254241472053248_n

पाल्पा - जन जीवन युथ क्लब तिनाउ-३, ले आयाेजना गरेकाे मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ । प्रतियाेगितामा शिवगुफा युवा क्लव तिनाउ २ सुकेताल प्रथम, चर्चरे युवा क्लव तिनाउ-५ द्वितीय र आयाेजक जनजीवन युथ क्लव तिनाउ-३ तृतीय हुन सफल भएका छन्।

समापन कार्यक्रममा प्रमुख अतिथि तिनाउका प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठले युवा क्लवले आफ्नै श्राेत र साधनका आधारमा यस्ता खेलहरु खेलाउदै आफ्नाे पहिचान जमाउन सफल भएकोमा बधाई दिदै स्थानीय सरकारले युवा समन्वय समिति मार्फत खेलकुद तथा युवा गतिविधि अगाडि बढाईरहेकाे बताउनुभयो ।

साे कार्यक्रममा वडा सदस्य हेम बहादुर दर्लामी,टंक बस्याल, गाेकर्ण दर्लामी र हिरा दर्लामीले आ-आफ्नाे धारणा राख्नुभएकाे थियाे । विजयी क्लवलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियाे।

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update