Erani Mahal
तिनाउँका जनप्रतिनीधिलाई कर्मचारीकाे ३ गाेल
as

पाल्पा- पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर २ दोभानमा युवा समन्वय समितिको आयोजनामा बुधबारदेखि भएको मैत्रीपूर्ण फुटवल प्रतियोगिताको उपाधि दोभान २ को समूह बीले जीतेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा दोभान २ को समूह ए लाई १-३ गोल अन्तरले पछि पार्दै समूह बीले उपाधि चुमेको हो ।

विजेता समूहले दश हजार रुपैयाँ नगद सहित १८ किलो बराबरको बोका पाएको छ भने उप विजेताले १५ किलो बराबरको बोका सहित ५ हजार रुपैयाँ नगद प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा तेस्रो हुन सफल झरना युवा क्लब झ्याङ्लाले एक हजार रुपैयाँ नगद सहित बास्ने भाले प्राप्त गरेको कार्यक्रम संयोजक विकास अर्यालले जानकारी गराउनुभयाे । वडा नम्बर २, ३ तथा वडा नम्बर ५ का गरी ८ समूह सहभागी प्रतियोगिताका लागि वडा नम्बर २ ले ८० हजार तथा तिनाउ युवा सञ्जालले १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले जानकारी गराउनुभयाे ।

प्रतियोगिताको समापन अवसरमा शुक्रबार भएको तिनाउ गाउँपालिकाका जन प्रतिनीधि र कर्मचारीहरु बीचको खेलमा कर्मचारीहरुले जनप्रतिनीधिहरुलाई शून्यका विरुद्ध ३ गोलको जीत दर्ता गराएका थिए । यसैगरी तिनाउ गाउँपालिकाका कर्मचारी र रुपन्देहीका पत्रकारहरु बीच भएको खेलमा रुपन्देहीका पत्रकारहरुले कर्मचारीहरुलाई शून्यका विरुद्ध तीन गोल गर्न सफल भएको थियो । यसैबीच तिनाउ गाउँपालिका वडा नम्बर २ ले जनतासँग जनप्रतिनीधी कार्यक्रम अन्तरगत शुक्रबार २ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरेको छ ।

तिनाउ गाउँ पालिका अध्यक्ष ओमबहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर ५ का सांसद तुलाराम घर्तीले १ लाख रुपैयाँ बराबरका शैक्षिक सामाग्री र १ लाख बराबरका अन्य सामाग्री वितरण गर्नुभएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update