Erani Mahal
नेपालमा  चट्याङ न्यूनीकरण प्रविधि जडान
photo_chatyang

सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–८ मा चट्याङ जोखिम न्यूनीकरण प्रविधिको जडान गरिएको छ । चट्याङको अत्याधिक जोखिम रहेको सो क्षेत्रमा चट्याङ जोखिम न्यूनीकरण प्रविधि जडान गरिएको हो ।

चट्याङबाट जोगिने प्रविधिको जडानपछि इर्खुका करिब २७० घरधुरी जोखिममुक्त भएको प्राविधिक पेम्बा तामाङले बताए । सिन्धुपाल्चोकमा पहिलोपटक जडान गरिएको यस प्रविधिले २१४ मिटर वरिपरिसम्म सुरक्षित रहने उनको भनाइ छ ।

नेपालमा नयाँ प्रविधि भएकाले जडानको करिब तीन लाख लाग्ने जनाए । इको, युएनडिपीको सहकार्यमा जनहित ग्रामीण सेवा समितिले सञ्चालन गर्दै आएको विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत नयाँ प्रविधि जडान गरिएको जनहित ग्रामीण सेवा समितिका कार्यक्रम निर्देशक राजेन्द्र शर्माल जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update