Erani Mahal
तानसेनमा मैत्रीपूर्ण फुटबल र वडास्तरीय भलिबल प्रतियाेगिता हुने
youth-1

पाल्पा - तानसेन युवा परिषद्को आयोजनामा तानसेनमा मैत्रीपूर्ण फुटबल र वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ । नेपालीहरुको महान चाडको अवसरमा सम्पुर्णलाई शुभकामना सहित परिषद्ले फुटबल र भलिबल प्रतियोगिता गर्न लागेको हो ।


तानसेन युवा परिषदको बैठकले आगामी कार्तिक १७ गते देखि तानसेन नगरपालिकाको १४ वटा वडा स्तरिय भलिवल प्रतियोगिता गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिताबाट खेलाडिहरु चयन गरेर नगरपालिका स्तरीय भलिबल टिम बनाइनेछ ।

तानसेन युवा परिषद् र नगरपालिकाका जनप्रतिनिधि । फाइल तस्बिर ।


तानसेन नगरपालिकाको स्थायी बासिन्दाले मात्र भाग लिन पाउने यो प्रतियोगितामा प्रथम हुनेले ७० हजार र दोस्रोे हुनेलाई ५० हजार राशिको पुरस्कार साथै मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने परिषद्का अध्यक्ष गुरास आत्रेयले बताउनुभयो ।


प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कारको समेत व्यवस्था गरिएको परिषद्का सचिव धनेन्द्र घिमिरेले जानकारी दिनुभयो । तानसेन युवा परिषदले दशै, तिहार, छठ लगायतका पर्वको अवसरमा मैन्त्रिपूर्ण फुटवल प्रतियोगिता गर्ने निर्णय गरेको छ । मैत्रीपूर्ण फुटबल तानसेन युवा परिषद, तानसेन नगरपालिका जनप्रतिनिधि, तानसेन नगरपालिका कर्मचारी, पत्रकार महासंघ पाल्पा लगायतका टिमबिच हुनेछ ।


तानसेन युवा परिषद् बैठकमा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले युवा स्वरोजगार बृद्धिका लागि नगरपालिकाले कर्जा, उत्पादन र बजार व्यवस्थापन लगायतका क्षेत्रमा काम गरिरहेकाले युवाले यसबाट फाईदा लिन आग्रह गर्नुभयो । रचनात्मकता र क्रियाशिलतानै युवाको पहिचान भएकाले समृद्धिको लागि युवाको कार्यनै मुलुकको लागि अपरिहार्य रहेको मेयर शाहीले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update