Erani Mahal
तेस्रो युथ युनियन कप खुल्ला फुटबलको उपाधि आयोजकलाई
dda

पाल्पा - युथ युनियन रामपुरले आयोजना गरेको तेस्रो युथ युनियन कप खुल्ला फुटवलको उपाधि आयोजक युथ युनियनले जितेको छ । सोमबारदेखि शुरु भएको प्रतियोगिता अन्तर्गत भएको फाइनलमा बि नाएन व्याइज क्लबलाई पहिलो र दोस्रो हाफमा २/२ गोल गरि ४-० गोल अन्तरले उपाधि आयोजक युथ युनियनले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

बिजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुहुदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलाडिको हौसला बढाउन नगरपालिकाले विभिन्न कार्य गर्दै आएको बताउनुभयो । उहाँले युवा सामाजिक काममा सक्रिय बन्दै समाजमा योगदान दिन क्लब संघ सस्थामा आबद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

सोही अबसरमा रामपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, ५ का वडाअध्यक्ष हिमाल मल्ल, उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, अन्तरास्ट्रिय बि पि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, नगर खेलकुद समितिका अध्यक्ष शंकर खाण, रहिम मिया लगायतले खेल र खेलाडीको सक्रियता, चिन्ता र समाजमा लगनशिलता एवं सामाजिक चिन्तनका बिषयमा बोल्नुभएको थियो ।

युथ युनियन मटेरीका अध्यक्ष अमिर रानाको अध्यक्षता सस्थाका कोषाध्यक्ष तथा खेल संयोजक कमल रानाको स्वागत एवं क्लबका सल्लाहकार दिपेन्द्र प्रसाद भट्टराईको सन्चालनमा कार्यक्रम भएको हो । प्रतियोगितामा बिजयी टिमले नगद ५० हजार र उपबिजेताले ३० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update