Erani Mahal
चिर्तुङ्धाराबाट नेपाल बैंक लिमिटेडकाे सेवा सुचारू
71931307_10211866341814330_4681704426417684480_n

तानसेन – जिल्लाको बगनासकाली–१, चिर्तुङ्धारामा नेपाल बैंक लिमिटेडले एक्सटेन्सन काउण्टरमार्फत सेवा आरम्भ गरेको छ । बगनासकाली गाउँपालिकाका स्थानीय बासिन्दा र सिद्धार्थ राजमार्गमा यात्रा गर्ने यात्रुलाई मध्यनजर गर्दै लिमिटेडले एक्टेन्सन काउण्टरमार्फत सेवा सुरु गरेको हो ।


काउण्टरको शुक्रबार उद्घाटन गर्नुहुँदै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बैंक स्थापनापछि स्थानीय सरकारको आर्थिक कारोबार गर्न सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष बस्यालले बैंक स्थापना भएपछि गाउँपालिकाका कर्मचारी र सेवाग्रही राजश्व सङ्कलन र अन्य बैँकिङ् कारोबार गर्न तानसेन जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।


कार्यक्रममा बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी, नेपाल बैँकका ५ नं. प्रदेशका प्रमुख पाशाङ् दोर्जे शेर्पा, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले यस भेगका नागरिकलाई सेवा पुग्ने गरी एक्सटेन्सन काउण्टर स्थापना भएकाले सबैलाई यसको उपयोग गर्न आग्रह गर्नुभयो ।


पाल्पामा नेपाल बैंक तानसेन र छहरामा गरी दुई वटा शाखा र तानसेको मिसन र बगनासकालीमा गरी दुई वटा एक्सटेन्सन काउण्टर सञ्चालनमा आएको बैँकका पाल्पा शाखा प्रवन्धक सुरज घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update