Erani Mahal
रामचन्द्र चन्द र सागर पन्थको दशै‌‌‍  तिहार गीत ‘लाहुरे आयो’ सार्बजनिक
maxresdefault-27-1068x601

पाल्पा- गायक तथा सन्चारकर्मी युवा सर्जक रामचन्द्र चन्द र सागर पन्थको दशै तिहार गीत लाहुरे आयो सार्बजनिक भएको छ ।

रोजगारको सिलसिलामा आफ्नो जन्मथलो छोडेर परदेसिएका सम्पूर्ण नेपाली र आफन्तजनको दुख विर्साउने र दशै तिहारमा सबैजना जम्मा भएर रमाईलो गर्दै नाँच्दै नचाउँदै सबैमा सम्मान र सद्भाबको भावना फैलाउँदै चाडबाडमा रमाईलो गर्नुपर्छ भन्ने सन्देश गीतमा दिइएको छ ।

जुन गीतको सर्जना अनील खनाल हुन् भने गीतको भिडियोमा लाहुरेको अभिनय गायक द्वय रामचन्द्र चन्द र सागर पन्थ नृत्यमा सलीना नेपाली र नरेन्द्र आचार्यको रहेको छ भने गीतको बजार ब्यबस्थापन शैली कृयशन प्रालीले गरेकाे छ।

गीत सार्वजनिक भएसँगै देश तथा विदेशबाट बधाइ तथा शुभकामना दिने क्रम बढेकाे गायक चन्दले रानीमहललाइ बताउनुभयाे । उहाँका अनुसार माैलिक लाेक दशै‌ गीतलाइ अबका दिनमा सबैकाे साथ र सहयाेग पाउने अपेक्षा समेत गायक चन्दले गर्नुभयाे ।

हेर्नुहाेस भिडियाे ः

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update