Erani Mahal
यामाहाकाे एक लाखकाे भाग्यशाली उपहार तानसेन काजीपाैवाका पन्तलाई
yamaha-2

पाल्पा - यामाहा माेटरसाइकलको दशैं-तिहार लक्षित योजनामा एक लाखकाे लक्की ड्र पाउनुभएका शंकर पन्तलाइ नगद रकम प्रदान गरिएकाे छ । यामाहाले सुरू गरेकाे दैनिक लक्की ड्रमा पन्तले नगद रकम उपहार पाउनुभएकाे थियाे ।

यामाहा मोटरसाइकल तथा स्कुटरकाे तानसेनस्थित आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्सले नगद एक लाख रकम पन्तलाइ प्रदान गरेकाे छ । यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको दैनिक लक्की ड्रमा उनको नाम विजेताको रुपमा छानिएको थियो । तानसेन नगरपालिका ७ काजी पौवाका भाग्यशाली पन्तले तानसेनमा रहेको ज्ञानेन्द्र अटोबाट एमटी फिप्टीन मोटरसाइकल खरिदका क्रममा उपहार जित्नुभएकाे हाे ।

नगद पुरस्कार प्रदान गर्नुहुँदै ज्ञानेन्द्र अटाे वर्क्सका प्राेपराइटर विरेन्द्रकाजी शाक्य ।

यामाहाको दशैं तिहार योजनामा यामाहा ब्राण्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउने बताइएकाे छ । बाइक तथा स्कुटरको खरिदमा ग्राहकले हात खाली नजाने पुरस्कार पाउने समेत वक्सले जनाएको छ ।

यस्तै कम्पनीले हरेक दिन भाग्यशाली विजेतालाई नगद पुरस्कार एक लाखसम्मको व्यवस्था गरेको छ । त्यति मात्र होइन र यामाहाले दशैं तिहारको अवसर पारेर कुनै पनि ब्राण्डको मोटरसाइकल तथा स्कुटर एक्सेञ्च गरे यामाहाको बाइक तथा स्कुटर चड्ने सुविधाको पनि व्यवस्था गरेको छ ।

कम्पनीले यामाहाको स्वरुममा भिजिट गर्न आउने जुनसुकै ग्राहकलाई पनि हरेक साप्ताहिक लक्की ड्रमा सहभागी गराई आईफोन एक्स उपहारको पनि व्यवस्था गरेको छ । साथै ग्राहकको सेवालाई मध्यनजर गर्दै वक्सले बाइक तथा स्कुटरको उचित मुल्याकंन सहित न्यूनतम व्याजदरमा फाईनान्सको समेत व्यवस्था गरेको छ ।

जिल्लामै सबैभन्दा पुरानो र विश्वासिलो एक मात्र फुल्लि सर्भिस तथा एफआई स्टेसनको साथमा रहेको ज्ञानेन्द्र अटो वक्र्सले नेपाली बजारमा भरखरै आएको यामाहाको एमटी १५ बुकि· खुला गरिरहेको छ । उक्त बाइकको मूल्य ४ लाख २४ हजार ९ सय कायम गरेको बक्सका विवेक काजी शाक्यले जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update