Erani Mahal
नेपाली क्रिकेट समर्थक समाज पाल्पाकाे संयाेजकमा बाैडेल
71495990_515111749062636_6699323381671526400_n

पाल्पा - नेपाली क्रिकेट समर्थक समाज एनसीएसएस पाल्पा शाखाको संयोजकमा विजय बौडेल निर्वाचित हुनुभएको छ । पाल्पाका क्रिकेट खेलाडी र समर्थकहरुको तानसेनमा बसेको भेलाले नेपाली क्रिकेट समर्थक समाज एनसीएसएस पाल्पाको गठन संगै बौडेल संयोजकमा निर्वाचित हुनुभएको हो ।

पाँच सदस्यीय समाजको सहसंयोजकमा सागर पङ्गेनी निर्वाचित हुनुभएको छ । क्रिकेटको विकासमा योगदान पुर्याउने र आधिकारिक निकायको निगरानी गर्ने उद्देश्यले पाल्पामा क्रिकेट समर्थक समाजको गठन गरेको एनसीएसएसका सदस्य अच्युत पाण्डेयले बताउनुभयो ।

पाण्डेयले क्रिकेटको निगरानी र आआफ्नो स्थानबाट गरिने चासोले नै खेलको विकास हुने बताउनुभयो । जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठले क्रिकेट विकासमा निरन्तर भुमिका खेलिरहेका व्यक्तिहरु नै संगठित भएर नेतृत्वमा आएको भन्दै जिल्लाको खेलकुद विकासमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले समर्थक समाज र जिल्ला क्रिकेट संघको सक्रियताले नै राष्ट्रिय खेलाडी उत्पादनको लक्ष्य संभव हुने बताउनुभयो । निर्वाचित संयोजक बौडेलले खेलाडिहरुको हौसला बढाउन र भएका अनियमितताको निगरानी गर्ने जिम्मेवारी निस्वार्थ र लगनशिल भएर पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बौडेलले जिल्लामा हुने क्रिकेट प्रतियोगिताहरुमा सहयोगी भुमिका निर्वाह गर्ने र सबै समर्थकहरुलाई संस्थामा आवद्ध गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

क्रिकेट खेलाडी तथा पाल्पाली लेजेड्सका क्याप्टेन सुरेश गोदारले पाल्पामा साखा गठन हुनु खुशीको कुरा भएको भन्दै खेलमैदान सुधार देखि खेलाडिको क्षमता सुधार सम्म समाजले गर्न सक्ने काम भएको बताउनुभयो ।

समाजले प्रदेस ५ कै ठूलो प्रतियोगिता तिलोत्तमा प्रिमियर लिगमा सहभागी पाल्पाको टिमलाई समर्थन गर्ने, सहयोग गर्ने र प्रतियोगितामा स्वयमसेवकको भुमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update