Erani Mahal
राम चन्द्र चन्दको मार्मिक दशैगीत झल्को सानुको बजारमा
Capture

पाल्पा- प्रदेशमा बस्ने नेपालीहरुलाई मध्य नजर राखेर मुखमै आएको दशैको झल्कोलाई गीतबाट भएपनि घर सम्झेर मन सम्मालेने गरेका यथार्थ पिडा र बेदना र बाध्यताका कुरालाई शब्दमा उनेर बहुचर्चित गायक रामचन्द्र चन्दले यो पटकको दशैमा झल्को सानुको नामक गीत सार्वजनिक गर्नुभएकाे छ ।


शैलि क्रिृयशनबाट बजारमा आएको मनछुने दशै गीतमा रामचन्द्र चन्द र वर्षा मगरको सुमधुर स्वर रहेको छ । गितमा कल्पना रेग्मीले अत्यन्तै मार्मिक शब्द लेखेकी छन ।

हिड्ने बेला सम्झेर रोकी थियौ
नजाउँ भन्दै यही गोडा छोकी थियौ,
यता मलाई झल्को सानुकै,
म बिनाको दशै त के रमाउली खै
पिर नगर कान्छुले मन सम्माल है

गितको भिडियोलाई मदन खड्काले छायाङकन गरेका छन । भिडियोमा कल्पना,जिया र सन्जयको उतकृष्ट अभिनयले पनि यो दशैमा आम दर्शक र स्रोताको मन जित्ने गायका चन्दले बताउनुभयाे ।

हेर्नुहाेस् भिडियाे ः

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update