Erani Mahal
मुसलधारे पानीमा पनि राेकिएन रामपुरकाे लाखे नाँच
69976747_382884269056374_6455465884612820992_n

पाल्पा- पुर्णिामाको अबसरमा पाल्पाको रामपुरमा बृहत् लाखे नाच प्रदर्शन गरी यस बर्षको लाखेनाँच समापन गरिएको छ ।

नेवा समाज रामपुरले प्रत्येक बर्ष श्राद्व पुर्णिमाको दिन खुल्ला बृहत् लाखे नाच प्रदर्शन गर्दै आएको छ । "हाम्रो पहिचान, सस्कृतिको सम्मान" भन्ने नारा सहित भएको लाखे प्रदर्शनीमा पाल्पा,स्याङ्जा र तनहुँ जिल्लाका विभिन्न स्थानबाट भेषभुषामा सजिएर आएका १८ समुहले लाखे प्रदर्शन गरेका थिए।

दिनभर नै झरी परेपनी झरीलाई वेवास्था गरेर नेवारी पोषाकमा सजिएका महिला र पुरुषले बजारमा लाखे देखाएका थिए। आ-आफ्नो समूह संघ सस्थाले व्यानर सहित बजार परिक्रमा गरेका थिए । परिक्रमा पछि बेझाड बजार चोकमा आएर सबै समुहले पालैपालो लाखे प्रदर्शन गरेका थिए । बिगतका बर्षमा बजार पश्चिमको खुला चौरमा कार्यक्रम हुँदै आएकोमा लगातार परेको पानीले चौरमा हिलो हुने भएपछि चोक सडकमा नै लाखे प्रदर्शन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य युवराज खनाल, नेवा समाज रामपुरका पुर्व अध्यक्ष राजु प्रसाद श्रेष्ठ, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल लगायतले नेपाली, सस्कृति र परम्पराले अनेकतामा एकताको सन्देश दिलाएको बताउनुभयो ।

नेवा समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । समाजले लाखे प्रदर्शन पश्चात् सहभागीलाई प्रमाणपत्र र उत्कृष्ट पुरस्कार रकम दिदै आएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update