Erani Mahal
'भुईंमा सुत्ने मान्छे खाटबाट खस्दैन'
Untitled-8

सफल मानिसले नयाँ केही कुरा गरेका हुँदैनन् । मात्र प्रत्येक काम फरक तरिकाले गर्छन । यही सोचका साथ काम गर्ने धेरै व्यक्ति सबैका लागि प्रेरक पनि हुन्छन् । आज हामी त्यस्तै फरक सोचका साथ काम गर्ने व्यक्तिका विचारलाई प्रस्तुत गरेका जुन तपाईंका लागि उपयोगी हुन सक्छन् ।

एकपटक पढ्नुहोस् र मनन गर्नुहोस् ।

– बेपरवाहसँग जंगलमा फालिएको सानो झिल्कोले पनि भिषण आगलागी हुन सक्छ तर, आवश्यक्ता परेको बेला सामान्य चुलो सल्काउन पुरै बट्टा सलाई चाहिन्छ । –अज्ञात

– तिमीले जस्तो भएपनि बिहे गर यति तिम्री पत्नी असल मिलेमा तिमी खुशी हुनेछौ खराब मिले दार्शनिक । –सुकरात

– तपाईं सँधै दोस्रो व्यक्तिको अन्त्यष्टिमा जानु, नत्र उ तपाईंको अन्त्यष्टिमा आउने छैन । –योगी बेरा

– जो भुईंमा सुत्छ उ खाटबाट खस्दैन । –रोबर्ट ग्रोनाको

– मलाई बाइकको आवश्यक्ता थियो त्यसैले मैले भगवानसँग बाइक मागें तर, मलाई यो थाहा भयो की भगवानले सोझो हिसावमा बाइक दिंदैनन् त्यसैले मैले एउटा बाइक चोरें र भगनवा सँग क्षमा मागें । —एमो फिलिप्स

– बिहे गर्नुपूर्व मसँग बच्चा स्याहार्ने ६ वटा सिद्धान्त थिए, अहिले मेरो ६ जना बच्चाहरु छन् र कुनै सिद्धान्त छैन । –जोन विल्टम

– अमेरिका यस्तो देश हो जुन ठाउँमा आधा पैसा खानाको लागि खर्च गरिन्छ भने आधा पैसा मोटोपना घटाउनमा । –अज्ञात

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update