Erani Mahal
पाल्पाकाे छहरामा रक्तदान कार्यक्रम सम्पन्न
6975417351-p

पाल्पा - एक थोपा रगत अभावका कारण कसैको पनि ज्यान गुमाउन नपराेस् भन्ने मुल उद्देश्य राखेकाे पहिलो पाईला नेपाल पाल्पा शाखाले प्रथम स्थापना दिवस मनाएकाे छ । साे अवसरमा रैनादेबी छहरा गाउँपालिका पाल्पामा  रक्तदान कार्यक्रम गरिएको छ ।

स्थापना दिवसको उद्ध्घाटन गर्नुहुँदै रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले संस्थाले प्रशंसायाेग्य काम गर्दै आएकाे बताउनुभयाे । उहाँले यो संस्थाले सामाजिक क्षेत्रमा गरेको योगदान उतुलनिय रहेको कारण आगामी दिनमा पनि गाउँपालिकाबाट सहयोग हुने बताउनुभयो । संस्थाले सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरुको सामाजिक संस्था  भएको र निकै छोटो समयमा धेरै भन्दा धेरै सामाजिक काम बाट जनताको मन जितेको पहिलो पाईला नेपाल पाल्पाका अध्यक्ष ईश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा रक्तदान गर्नका लागी २६ जनाको उपस्थित  रहेको पहिलो पाईला नेपाल पाल्पा शाखाका अधक्ष्य ईस्वर ज्ञवालीले जानकारी दिनुभयो । रैनादेवी छहराको अमलाबासमा भएको रक्तदान कार्यक्रम लम्बिनी मेडिकल कलेजको प्राविधिक सहयोगमा बिभन्न सामाजिक ब्यक्तिहरू सहित २६ जनाले रक्तदान गरेका थिए ।

देशका विभिन्न स्थानहरुमा छरिएर सामाजिक कार्यक्रममा यस संस्थाले ११ स्थानमा शाखा बिस्तार गरेर शैक्षिक सामग्री, अपाङ्गता भएकाहरुलाई खाद्यन्न हस्तान्तरण लगायतका धेरै कार्यक्रमहरु गर्दै आएको माधव भन्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व डिआईजि राम बहादुर कार्की, संस्थाका केन्द्रीय सदस्य सुरेश रायमाझी, समाजसेवी टिकाराम पोखरेल, लक्ष्मण बराल लगायतका पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा गरेकाे काम सह्रानीय भएकाे बताउनुभयाे ।

कार्यक्रम पाल्पा शाखाका अध्यक्ष इश्वर ज्ञवालीको अध्यक्षतामा तथा कार्यक्रम संस्थाकी उपाध्यक्ष अस्मिता जिसीको स्वागत, सचिव दिपक पाण्डेको सञ्चालनमा भएको थियो । पहिलो पाइला नेपालले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update