Erani Mahal
पूर्वखोलाको जल्पा र सिलुवामा तीज गीत कार्यक्रम
69682322_433583663942594_7853426234213007360_n-1

पाल्पा– पूर्वखोलला गाउँपालिका जल्पामा तीजको अवसरमा सांस्कृतिक कार्यक्रम भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ५ समुहको सहभागिता रहेकोमा प्रथम बिन्दबासिनी महिला सम्मुह, द्धितिय रम्भा देवी महिला समुह र तृतिय तिनकन्या महिला समुह भएका छन् ।


प्रतियोगितामा विजयी टिमलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले प्रमाणपत्र र पुरस्तकार प्रदान गर्नुभयो । उहाँले महिलाले आफ्नो अधिकार प्राप्त गर्न आफैं नै सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानले महिला र पुरुषलाई समान व्यवहार गरेकाले नारी पुरुष समान रहेको बताउनु भयो ।


अध्यक्ष थापाले मैलिक गीत जोगर्ना गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्यन समितिका सद्स्य तथा वडा न २ सद्स्य इशोरी न्यौपाने , जल्पा वडा अध्यक्ष निर बहादुर सारु वडा न ३ वडा अध्यक्ष निलकन्ठ भट्टराई, पूर्वखोला गाउपालिका योजना अधिकृत बिनोद नेपाल, उद्धबुद्ध माबिका प्रअ लोकहरी देवकोटा, सरस्वती माविकाप्रअ रमेश न्यौपाने, शम्भु माविका प्रअ तुलबहादुर पेमी, जल्पा स्वास्थ्य चौकीका अहेव रेशम सुनार लगायतले शुभकामना मन्तब्य दिनुभयो ।


जल्पा देवी बचत तथा ऋण सहकारी संथाका अध्यक्ष सीता आचार्यको अध्यक्षतमा तारादेवी देबकोटाको स्वागत र सीता देवकोटाको संचालनमा भएको हो यस्तै पूर्वखोला–१ सिलुवा अल्किचौरमा खुल्ला तीज गित प्रतियोगिता सम्पन्न भएको छ साबिक वडा न ७ अल्किचौरको आयोजनामा भएको तीजगीत प्रतियोगितामा जम्मा ७ टिमको सहभागी रहेको थियो ।

जसमध्ये प्रथम तुलसा बारघरेको समुह प्रथम द्धितिय लक्षिमी पंगेनी को समुह तृतिय कृस्ण पंगेनिको समुह र रिमा गाहाको समुह सान्तिना भयको छ । सहभागिलाइ नगत पुरस्कारले दिदै कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका कार्यपालिका सदस्य राजु परिवारले साँच्चै महिलाहरुले गीतमा भने जस्तै गरी पुरुष विभेद नरहेको र त्यस्तो विभेद कसैले गर्न नहुने बताउदै नारी पुरुष समान गराउन आफ्नो ठाउँ बाट लाग्न पर्ने बताउनु भयो ।


कार्यक्रममा वडा न १ सिलुवा वडा सद्स्य गिरिमान आले वडा न ३ वडा सद्स्य प्रेम नारायण पंगेनी, शारदा आधारभुत बिद्यालयमा प्रअ राजेन्द्र ढकाल, हातिलेक सहकारी संस्थाका सचिव रबिन्द्र पंगेनी, समाजसेवि खेम हिस्की लगाएतले हात्तिलेकको गरिमा संगै यस ठाउँमा भएको पहिलो तीज गीत प्रतियोगिताको शुभकामना दिनु भएको थियो ।


गीतमा हात्तिलेकको प्रतिस्ठान, समाज निर्माण तथा महिला अधिकार लगायत शीर्षकमा गीत प्रस्तुत गरिएको थियो । टोल संयोजक देवी प्रसाद पंगेनिको अध्यक्षतामा रुमि सुनाखरीको स्वागत र कृस्ण पंगेनीको संचालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update