Erani Mahal
पूर्वखाेलाकाे जल्पा र सिलुवामा तीज गीत प्रतियाेगिता सम्पन्न
69375279_433581837276110_8839651176069726208_n

पाल्पा - पूर्वखोला गाउँपालिका जल्पामा तिजको दिन भब्य कार्यक्रम भएको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा भएकाे प्रतियाेगितामा ५ समुहको सहभागिता थियो । प्रतियोगितामा प्रथम बिन्दबासिनी महिला सम्मुह भएकाे छ भने द्धितिय रम्भा देवी महिला समुह र तृतिय तिनकन्या महिला समुह भयका छन् ।

प्रथम, दितिय र तृतिय र सहभागी सबैलाइ पूरुस्कारको समेत वितरण गरिएको कार्यक्रमका प्रमुख अथिती गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयाे । साेही अवसरमा शुभकामना दिनुहुँदै उहाँले महिलाहरुले आफुले पाउने अधिकार खोज्न पर्ने र बताउदै नारी पुरुस समान रहेको बताउनुभयो ।

अध्यक्ष थापाले मैलिक गित जोगर्ना गर्न तिज गित आयोजना गरेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्यन समितिका सद्स्य तथा वडा न २ सद्स्य इशोरी न्यौपाने, जल्पा वडा अध्यक्ष निर बहादुर सारु वडा न ३ वडा अध्यक्ष निलकन्ठ भट्टराइ, पूर्वखोला गाउपालिका योजना अधिकृत बिनोद नेपाल, उद्धबुद्ध माबिका प्र अ लोकहरी देवकोटाले शुभकामना दिनुभयाे । यस्तै, सरस्वति माबिका प्रअ रमेस न्यौपाने, शम्भु माबिका प्र अ तुलबहादुर पेमि, जल्पा स्वास्थ्य चौकीका अहेव रेशम सुनार लगायतले शुभकामना मन्तब्य राख्दै तिजको अवसरमा शुभकामना दिनुभएको थियो ।

तिज गितले महिलाहरुले आफ्नो बेदना पोख्नुको साथै सन्देस मुलक गित प्रस्तुत गरेका थिए । कार्यक्रम जल्पादेबि ऋण तथा बचत सहकारी संथाका अध्यक्ष सिता आचार्यको अध्यक्षतमामा तारादेवी देबकोटाको स्वागत र सिता देवकोटाको संचालनमा भएको हो ।

यस्तै पूर्वखोला -१ सिलुवा अल्किचौरमा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ । साबिक वडा न ७ अल्किचौरको आयोजनामा भएको तिजगित प्रतियोगितामा जम्मा ७ टिमको सहभागी रहेको थियो । जसमध्ये तुलसा बारघरेको समुह प्रथम, लक्षिमी पंगेनीको समुह द्धितिय र कृष्ण पंगेनिको समुह तृतिय र रिमा गाहाको समुह सान्तवना भएकाे थियाे ।

सहभागीलाइ नगद पूरस्कार कार्यक्रमका प्रमुख अथिती गाउपालिका कार्यपालिका सद्स्य राजु परिवारले दिनुभएकाे थियाे ।

कार्यक्रममा वडा न १ सिलुवा वडा सद्स्य गिरिमान आले, वडा न ३ वडा सद्स्य प्रेम नारायण पंगेनी, सारदा आधारभुत बिद्यालयमा प्रअ राजेन्द्र ढकाल, हातिलेक सहकारी संथाका सचिब रबिन्द्र पंगेनी, समाजसेवि खेम हिस्की लगायतले हात्तिलेकको गरिमा संगै यस ठाउँमा भएको पहिलो तिज गित प्रतियोगिताको शुभकामना दिनु भएको थियो ।

गितमा हात्तिलेकको प्रतिस्ठान, समाज निर्माण तथा महिला अधिकार लगायत शिर्शकमा गित प्रस्तुत गरेको थिए । कार्यक्रम टोल संयोजक देविप्रसाद पंगेनिको अध्यक्षतामा रुमि सुनाखरिको स्वागत र कृस्ण पंगेनिको संचालनमा भएकाे हाे ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update