Erani Mahal
निस्दीको अर्चलेमा तीज विशेष कार्यक्रम सम्पन्न
69541144_2484277431801650_5330739053597818880_o

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६, अर्चले, पाल्पामा साेमबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमुख अतिथि गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका शिक्षिका लिमी सरा राना रहनुभएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले यस्ता कार्यक्रमले महिलाहरुको हक अधिकार सदुपयोग गर्न सहज हुने बताउदै कार्यक्रम आयोजना गर्ने संस्थालाई धन्यबाद दिनुभएको थियो।निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाको आयोजना र यूनाइटेड मिसन अस्पताल समुदाय स्वास्थ्य बिभाग तानसेन पाल्पाको सहआयोजनामा कार्यक्रम सन्चालन भएको हो।

कार्यक्रममा निस्दी गाउँ कार्यपालिका सदस्य मिम्श्री बयम्बु,निस्दी गाउँपालिका स्वास्थ्य संयोजक मिन बहादुर राना, नेकपा नेता बलु गैरे लगायतकाले आ-आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न ११ स्वास्थ्य आमा समूहका महिलाहरुको तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए।सामाजिक परिचालिका मिम्श्री सुनारीको सन्चालनमा भएको कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेका थियाे।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update