Erani Mahal
छहरा काठमाण्डौं माइक्रो बस सेवा संचालनमा
69392778_2686229521443009_9081460162706800640_n

पाल्पा । पाल्पाको रैनादेवी छहराबाट सिधा काठमान्डौको लागी गाडी सन्चालनमा आएको छ । श्रीनगर यातायात सेवा कम्पनीबाट सन्चालनमा आएको यो गाडी हरेक दिन बिहान ६ ः ३० बजे छहरा र सोही समयमा काठमान्डौबाट गाडी छुट्ने कम्पनीले जनाएको छ ।


यातायात सेवाको पाँच नम्बर परदेश सभा सदस्य वीरबहादुर राना र रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले एक समारोहका बीचमा सुभारम्भ गर्नुभयो ।


सुबिधा सम्पन एसि सहितको गाडीमा छहरा काठमान्डौ दैनिक जान आउन सहज हुने भए पछि स्थानीयहरु समेत खुसि भएका छन । छहराबाट बतासे हार्थोक तानसेन बुटवल हुदै हरेक दिन काठमान्डौ सम्म गाडी चल्ने छन ।


पटक पटक छहरा काठमान्डौ गाडी छुटाउने बन्द गराउने समस्या भएको स्थानीयले बताएका छन । अबका दिनमा निरन्तर रुपमा यात्रुको मागलाई ध्यानमा राखेर सबिधायुक्त गाडी सन्चालनमा ल्याएको समितिका सन्चालकहरुले बताएका छन ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update