Erani Mahal
रामपुर नगरपालिकाद्दारा प्रथम उप–प्रमुख तीजगीत कार्यक्रम सम्पन्न
69769371_394526304596204_1900118683078885376_n

पाल्पा रामपुर - मौलिक तिज भाकाको संरक्षण गर्ने उद्देश्यले रामपुर नगरपालिकाले आयोजना गरेको प्रथम उप–प्रमुख तीजगीत कार्यक्रम सम्पन्न भएको छ । “उपप्रमुखको ध्येय, विपन्नलाई आय, पिडितलाई न्याय भन्ने नाराका साथ नगरपालिकाले पहिलो पटक तिजगीत कार्यक्रमको आयोजनामा गरेको हो । नगरपालिकाले नगरमा आधिकारिक रुपमा संगठित भएका समूह सस्थालाई सहभागी हुन अनुरोध गरेको थियो । मौलिक गीतको संरक्षणलाई प्राथमिकता दिदै आयोजित कार्यक्रममा नगरका ३१ संघ सस्था, महिला समूहले आफ्ना गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

विशेष गरि सहभागी महिला दिदीबहिनीले बैदेशिक रोजगारीले परिवार र समाजमा पारेको प्रभाव, गाउघर समाजको विकास र परिवर्तन, समाजमा बढीरहेको विकृति, कालीगण्डकी उपत्यका संरक्षण, कालीगण्डकी डाइभर्सनको विरोध, रवि पक्राउ घटना सहित देशका समसामयिक विषयबस्तुलाई आधार बनाएर गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उट्घाटन गर्दै भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महिला राष्ट्रको महत्त्वपूर्ण खम्बा भएको बताउनुभयो। महिलाको उपस्थितीले हरेक मोडमा सफलता प्राप्त गरेको भन्दै महिला शक्ति देवीको उपमा रहेको बताइन् । ‘महिलालाई सम्मान गर्न सिकेको खण्डमा र महिला अधिकार प्रत्याभूति गराउन सकेमात्र हामीले सोचेको समृद्धि प्राप्ती गर्न सक्छौं ठकुरीले भन्नुभयो।’ पहिलो पटक पाल्पाको रामपुर आउनुभएकी शाहले महिला कुनै पनि पक्षमा कमजोर नभएको भन्दै अवसर पाएमा महिलाले जस्तो सुकै काम गर्न सक्ने बताउनुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले महिलाहरुको पर्वका रुपमा तीज भएपनी महिला पुरुष मिलेर हरेक पर्व मनाएको, शुभकामना दिएर मौलिकता संग जोड्न आग्रह गरेको बताउनुभयो ।

राम्रो कामलाई अङ्गाल्नु पर्ने र नराम्रोलाई त्याग्नुपर्ने बताउदै अब्बल रुपमा समाज हाक्ने महिलाको आट साहस र भुमिका प्रर्दर्शन गरेर अगाडि बढ्न हौसला मिल्ने बिस्वास व्यक्त गर्नुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे अचार्यले मौलिक भाकाको संरक्षण र महिला दिदी बहिनी विचको सम्बन्ध सुमधुर बनाउन कार्यक्रम गरिएको बताउनुभयो । सोही अवसरमा मौलिक तिज भाकाको संरक्षण र रामपुर क्षेत्रलाई चिनाउन सफल लक्ष्मी तिवारी तिवारीलाई सम्मान गरिएको थियो ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा भण्डारीले स्वागत गर्नुभएको थियो भने सञ्चालन पत्रकार सीता डोटेल र रामपुर नगरपालिकाका महिला विकास सहायक निरिक्षक पुजा परियार गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update