Erani Mahal
काविल तथा उम्दा प्रशासकहरुवाट सुसज्जित पाल्पा
ddddddA

विष्णुहरि कार्की
पश्चिम नेपालको सुन्दर जिल्ला पाल्पा शैक्षिक अवस्था, चेतनास्तर, लगनशीलता र परिश्रमका दृष्टिले पनि उर्वर मानिन्छ ।नेपालको प्रशासन क्षेत्रमा केही वर्ष अगाडी ठूलै बर्चस्व रहेको थियो । चेत बहादुर कुंवर, खिलराज रेग्मी, राम प्रसाद श्रेष्ठ,पृथ्वी राज लिगल, मोहनमान सैंजु, रामेश्वर खनाल, रामचन्द्रमान सिंह, जयदेव श्रेष्ठ, खुमराज पूञ्जाली, नारायणगोपाल मलेगो, शान्त बहादुर श्रेष्ठ, सूर्य आचार्य, राजेन्द्र नेपाल उच्च प्रशासनिक क्षेत्रमा पुगी नेतृत्व गर्न पाएका व्यक्तित्वहरु हुन् । यी व्यक्तित्वहरुको उपस्थितिले एकातर्फ पाल्पाले गौरव गरेको थियो भने अर्कोतर्फ नेपालको प्रशाासन क्षेत्र काविल तथा उम्दा प्रशासकहरुवाट सुसज्जित थियो ।


अहिले आएर यज्ञ प्रसाद वस्याल, प्रदेश उच्च अदालत पोखरा, हरि प्रसाद वस्याल प्रदेश प्रमुख सचिव गण्डकी प्रदेश, पदमप्रसाल पाण्डे र विश्वराज कोइराला सचिव महान्यायाधिबक्तको कार्यालय, गणेशप्रसाद अधिकारी प्रमुख राष्ट्यि अनुसन्धान विभागले तत् तत् क्षेत्रको नेतृत्व गरिरहेका छन् । यी प्रशासकहरुवाट पाल्पा र देशले सकारात्मक योगदानको अपेक्षा गरेको छ ।
नेपालको निजामती सेवामा पाल्पामा जन्मिएका १५०० कर्मचारीहरु कार्यरत रहेका छन् ।

जसमा सहसचिव दामोदर रेग्मी, मनोहर प्रसाद खनाल, मान वहादुर वि के, बावुराम अधिकारी, कृष्ण नेपाल, इन्दु घिमिरे, किशोर जोशी , शिव नेपाल, अण प्रसाद न्यौपाने , धनन्जय पौडेल रहेका छन् । मान वहादुर वि के , मनोहर खनाल र इन्दु घिमिरे, केही वर्ष यता गृह प्रशासनसंग वढी परिचित छन् , बावुराम अधिकारी अंग्रेजी भाषामा दखल राख्दछन् । दामोदर रेग्मी संघीयता र प्रशासनका ज्ञाता हुन् भने कृष्ण नेपालसंग लेखाको ज्ञान छ । यी सह सचिवहरुमध्ये दामोदर रेग्मी र मान वहादुर वि के केही समय भित्रै सचिव वनेर देशको प्रशासनको नेतृत्व गर्दैछन् केहीले अवकाश पाउंदैछन् । यी काविल प्रशासकहरु पाल्पाका भरोसालाग्दा आशापुन्ज हुन् ।


निजामती क्षेत्रमा कार्यरत पाल्पाली कर्मचारीहरुमा उपसचिव ६० र १३० शाखा अधिकृतहरु रहेका छन् भने सहायक स्तरका निजामती कर्मचारीहरु १३०० रहेका छन् । केही वर्ष यता लोक सेवाको परीक्षामा पाल्पा स्थायी ठेगाना रहेका उम्मेदवारहरुको संख्या घट्दो क्रममा रहेकोछ ।

यसले एकातर्फ प्रशासनिक क्षेत्रमा पाल्पाको सहभागिता कम हुदै गैरहेको छ भने अर्को तर्फ भविष्यमा प्रशासनको उच्च पदमा पुग्ने संभावना पनि सांघुरिएको छ । निजामती लगायत सार्वजनिक प्रशासनमा पाल्पाको सहभगिता अभिवृध्दि कसरी गर्ने यो आम पाल्पाली खास गरि स्थानीय तह, बुध्दिजिवी, नागरिक समाज, गैर सरकारी संस्था, पाल्पामा रहेका शिक्षण संस्थाहरुको ध्यान पुग्नु जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update